विराटनगर । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले हवाई भाडा बढेको छ ।
आइतबार आयल निगमले हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले बढाएको थियो । सबैभन्दा धेरै काठमाण्डौ–धनगढीको भाडा ४ सय ४५ रुपैयाँले बढेको छ । यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा ९० रुपैयाँले बढेको छ । बढेको भाडाहरु जेठ ११ गते देखि मात्रै लागू हुने कम्पनीले जनाएको छ ।
वायु सेवा कम्पनीले सार्वजनिक गरेको भाडादर अनुसार काठमाण्डौँ देखि धनगढीसम्मको अधिकतम भाडा १५ हजार ६ सय ६५ रुपैैयाँ पुगेको छ । यस्तै काठमाण्डौँ देखि नेपालगञ्जको भाडा १२ हजार आठ सय ९५, भद्रपुरको ११ हजार नौ सय ३५, विराटनगरको ९ हजार तीन सय २५, जनकपुरको ५ हजार २ सय ५०, भरतपुरको चार हजार चार सय ३५, पोखराको ६ हजार तीन सय पाँच, भैरहवाको अधिकतम भाडा ७ हजार आठ सय ८० रुपैयाँ पुगेको छ ।
फोटो : फाईल