मेयर हर्क साम्पाङले गरे पदभार ग्रहण,यस्तो छ पहिलो निर्णय

मेयर हर्क साम्पाङले गरे पदभार ग्रहण,यस्तो छ पहिलो निर्णय

विराटनगर । स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित हर्कराज साम्पाङ राईले पदभार ग्रहण गर्नु भएको छ ।

आज उपमहानगरको कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नु भएको हो । उहाँले स्थानीय कर प्रणालीलाई वैज्ञानिक एवं व्यवस्थित तुल्याउन राजश्व सम्बन्धी कार्यदल गठन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नु भएको छ ।

वरिष्ठ राजश्व तथा सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले पेश गरेको राजश्व अध्ययन कार्यदल गठनसम्बन्धी प्रस्ताव प्रमुख साम्पाङले सदर गर्नु भएको हो । उहाले गर्नु भएको निर्णय अनुसार उपप्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।

कार्यदलको सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित अर्थशास्त्री एकजना, सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष वा निजले तोकेका प्रतिनिधि र राजश्व महाशाखा प्रमुख सदस्य सचिव रहने छन् ।

प्रमुख साम्पाङले सोमबार नै जिल्ला अदालत सुनसरीका १ नम्बर न्यायाधीश कैलाश सुवेदीबाट सपथ ग्रहण गर्नु भएको थियो । हिजो नै उहाँले उपप्रमुख आइन्द्रविक्रम बेघासहित १ सय १ जना जनप्रतिनिधिलाई सपथ खुवाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्