शनिबार हुने सलमान खानको कन्सर्ट स्थगित

शनिबार हुने सलमान खानको कन्सर्ट स्थगित

विराटनगर । बलिउड अभिनेता सलमान खानको आगामी जेठ १४ गते शनिबार दशरथ रंगशालामा हुने भनिएको कन्सर्ट स्थगित गरिएको छ।

आयोजक संस्था ओडीसी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले ‘दबंग टुर रिलोडेड’ स्थगित गरिएको जानकारी गराएका छन् । स्थानीय चुनावको कारण टिकट सोचे अनुसार बिक्री हुन नपाएको र पानी पर्ने सिजन पनि सुरु भएको भन्दै कन्सर्ट स्थगित गरिएको उनले बताए । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ । ‘१४ गते कार्यक्रम नहुने नै भएको छ’, स्रोतले भन्यो ‘पछि कुनै समय हुनसक्ला ।’अनुकूल समयमा कार्यक्रम गर्नेगरी अर्को मिति चाँडै घोषणा हुने जानकारी पनि उनले दिए ।

उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतको टिम नेपाल आउने प्रचार गरिएको थियो।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्