झापाको धरमपुरमा दुर्घटना : दुई जनाको मृत्यु

झापाको धरमपुरमा दुर्घटना : दुई जनाको मृत्यु

दमक । झापामा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

झापाको शिवसताक्षीमा बुधबार बिहान भएको दुर्घटनामा प्रदेश नम्बर १ ०२०४० प ७१४९ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनाको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्व आउँदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे ८ का २६ बर्षिय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिकाका २६ बर्षिय जितुहाङ राई रहेका छन ।

आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको यात्रु वाहक बसले मोटरसाइकलमा सवार उनीहरुलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरु मध्ये एक जना प्रहरी जवान भएको र एक जना भर्खरै स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरी भएका बताइएको छ ।

बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्