क्युएफएक्समा ‘कबड्डी ४ द फाइनल म्याच’को अग्रिम बुकिङ खुल्ला

क्युएफएक्समा ‘कबड्डी ४ द फाइनल म्याच’को अग्रिम बुकिङ खुल्ला

विराटनगर ।  बहुप्रतिक्षीत नेपाली फिल्म ‘कबड्डी ४  द फाइनल म्याच’को अग्रिम बुकिङ खुल्ला भएको छ ।

विराटनगरस्थित भाटभटेनी क्युएफएक्सले सोमबार साँझदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्दै फिल्मलाई ७ वटा शो टाइम दिएको छ । क्युएफएक्सले शुक्रबार र शनिबारको लागि प्रदर्शन तालिका समेत प्रकाशित गरेको छ । जसमध्ये मंगलबार बिहान १० बजेसम्म ८० प्रतिशत अकुपेन्सी देखिएको छ ।

विराटनगरस्थित भाटभटेनी क्यूएफएक्सले प्रत्येक मंगलबार र बुधबार टिकटमा ५० प्रतिशत छुट दिदै आएको  छ । सोमबार र बिहीबार टिकटको मूल्य २५० राखिएको छ भने मंगलबार  र बुधबार बाहेकका अन्य दिन टिकटको मूल्य ३०० रूपैयाँ रहने छ । भने   प्रत्येक मंगलवार र बुधबारका दिन  टिकटको मूल्य १५०  रूपैयाँ भएकाले अन्य दिनको तुलनामा यस दिन बढी दर्शक हलमा आउने गर्दछन्  । सोही कारण विराटनगरको भाटभटेनी क्यूएफएक्समा सोमबार साँझसम्म फिल्मको स्क्रिनिङ बढ्ने सम्भावना रहेको  छ ।

बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको ‘कबड्डी ४’मा  दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, बिजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

बुकिंगको लागी

www.qfxcinemas.com

021512644

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्