प्रदेश १ सरकारको बजेट अधिवेशन जेठ १६ गतेदेखि

प्रदेश १ सरकारको बजेट अधिवेशन जेठ १६ गतेदेखि

विराटनगर । प्रदेश नं. १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशनको बैठक यही जेठ १६ गतेका लागि आह्वान गरिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख पर्शुराम खापुङद्वारा आउँदो सोमबार दिनको ११ बजेका लागि बैठक आह्वान गरिएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बजेट अधिवेशन आह्वान गरिएको जनाईएको छ ।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन आह्वान सम्बन्धि सूचना उल्लेख छ ।

प्रदेशको बजेट भने असार १० भित्र ल्याईसक्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्