अध्यक्ष जितनारायण थापा मगरले गरे पदभार ग्रहण,यस्तो छ पहिलो निर्णय

अध्यक्ष जितनारायण थापा मगरले गरे पदभार ग्रहण,यस्तो छ पहिलो निर्णय

विराटनगर । स्थानीय तहको निर्वाचनमा बुढीगंगा गाउँपालिकाको अध्यक्षमा निर्वाचित जितनारायण थापा मगर पदभार ग्रहण गर्नु भएको छ ।

आज गाउँपालिकाको कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नु भएको हो । उहाँले बुढीगंगा गाउँपालिकामा नि:शुल्क एम्बुलेन्स सेवा दिने पहिलो निर्णयमा हस्ताक्षर गर्नु भएको छ ।

गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर नागरिकलाई सेवा दिने अध्यक्ष थापाले बताउनुभयो । बुधबार गाउँपालिकामा पदभार ग्रहण गर्दै थापा मगरले विपन्न परिवारकाे पहिचान कार्ड जारी गरेर बिरामी र अशक्तलाई उपचारका लागि ओसारपोसार गर्न एम्बुलेन्स खरिद गरि नि:शुल्क सेवा दिने निर्णय गर्नु भएको
छ । उहाँले पालिकाभित्र एम्बुलेन्स नपाउने वातावरणको अन्त्यका लागि यस्तो निर्णय गरेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्