मोरङको जहदामा श्रीमतीको हत्या फरार श्रीमान् विराटनगरबाट पक्राउ

मोरङको जहदामा श्रीमतीको हत्या फरार श्रीमान् विराटनगरबाट पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका – २ बडकी बैरियास्थित श्रीमति हत्या गरेको आरोपमा मोरङ प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

प्रहरीले जहदा २ का ४३ वर्षिय दिनेश कुमार राजभरलाई आफ्नै ३५ वर्षिय श्रीमति गीतदेवी राजभरलाई हत्या गरी फरार भएको थिए । श्रीमति हत्या गरेको पाँच दिनपछि मोरङ प्रहरीले विराटनगर ८ बाट मंगलबार राती नियन्त्रणमा लिन सफल भएको हो ।

दिनेशले जेठ ६ गते राती ९ बजे धारिलो हतियार प्रयोग गरि हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले आवर विराटनगरलाई जानकारी दिनुभयो । हत्यामा संलग्न श्रीमान्ले काठ र माटो खन्ने हतिहारले हानेर हत्या गरेर राती फरार भएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

यता आवर विराटनगरले घटना भएको भोलीपल्ट नै घटना स्थलमा पुगेर स्थलगत रिपोर्टिङ गर्दै आएको छ । आवर विराटनगरले मृतकको घरमा पुगेर हेर्दा गीतादेवीको निधारमा गहिरो चोटसगै शरिरका विभिन्न भागहरुमा निलडाम रहेको भेटाएको थियो । घटना भएको खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय मोरङका अनुसन्धान अधिकृत पप्पु नायकको नेतृत्वमा पुगेको टोलीले अनुन्धानलाई अगाडी बढाएको थियो ।

दिनेश राजभरले राती नै श्रीमतीको हत्या गरी सोही राती नै जहदाबाट फरार भई विराटनगर आएका थिए । प्रहरीको तिव्र खोजी कार्यपछि उनलाई मंगलबार राती विराटनगर ८ स्थित रेलको बाटो बनाउने मजदुरको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

‘घरयासी विवादलाई लिएर श्रीमतिको हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको डिएसपी श्रेष्ठले बताउनुभयो, ‘दिनभरी बाहिर रहेका दिनेश घरआएपछि घरयासी विवादलाई लिएर सुतेको श्रीमतीलाई चिरपट र रड प्रहार गरि हत्या गरेको खुलेको छ ।’
पक्राउ परेका दिनेशलाई प्रहरीले जिल्ला अदालत मोरङबाट म्याद थपगरी कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्