विराटनगर-५ का वडाध्यक्ष न्यौपानेले महानगरले उपलब्ध गराएको मोटरसाइकल नलिने

विराटनगर-५ का वडाध्यक्ष न्यौपानेले महानगरले उपलब्ध गराएको मोटरसाइकल नलिने

विराटनगर । विराटनगर-५ का नवनिर्वाचित अध्यक्ष सन्तोष न्यौपानेले महानगरबाट प्राप्त सवारी सुविधा नलिने निर्णय गरेका छन् । बिहिबार वडासमितिमा कार्यभार सम्माल्दै उनले पहिलो निर्णय गरेका छन् ।

महानगरले प्रत्येक वडाध्यक्षलाई १ मोटरसाइकल र प्रतिमहिना इन्धनबापत २५ लिटर पेट्रोल उपलब्ध गराउँदै आएको छ । न्यौपानेले त्यस्तो सुविधा आफूले नलिने बताए । ’मोटरसाइकल र पेट्रोलबापत प्राप्त हुने रकम वडाको सिद्धकाली, आधारभूत विद्यालय र मर्दसालाई उपलब्ध गराउने छु’ उनले भने, ’मेरो मोटरसाईकल छ, आफ्ने चढेर जनताको सेवा गर्छु, सरकारी साधन चदिनँ ।’

सरल र मिजासिलो स्वभावका न्यौपाने विराटनगर महानगर भित्रका कांग्रेस युवामाँझ लोकप्रिय छन् । निवर्तमान वडाध्यक्ष एमालेका मीनकुमार आचार्यभन्दा १ हजार ५ को फराकिलो मतन्तरले विजयी भएका उनले १ हजार ९ सय ९४ मत ल्याउँदा आचार्यले ९८९ मतमात्र प्राप्त गरे । उनीसंगै अन्जु दाहाल, राछादेवी पासवान, रोम वी भट्टराई, सुर्यलाल उराव सहित नेपाली काग्रेसले प्यानल नै जित हासिल गरेको थियो ।

यस्तै फोहरमैला संकलनलाई चुस्त बनाउने, वर्षायामको सयमलाई ध्यानमा राख्दै वडाभित्र ब्लक भएका नाला सफा गर्ने र सडक बत्तीलाई उज्ज्यालो राख्ने निर्णयसमेत उनले गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्