न्यूरोद्धारा विराटनगरका नवनिर्वाचित जनप्रतिनिधीलाई शुभकामना

न्यूरोद्धारा विराटनगरका नवनिर्वाचित जनप्रतिनिधीलाई शुभकामना

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विराटनगर महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरूलाई शुभकामना तथा सम्मान गरेको छ ।

हस्पिटलले बिहीबार एक कार्यक्रमको बिच विराटनगरको मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीसहित निर्वाचित वडाअध्यक्षहरुलाई शुभकामना तथा सम्मान गरेका हो ।
नवनिर्वाचित मेयरको शुभकामना कार्यक्रममा न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिस्ट डा. विरेन्द्र कुमार विष्टले विराटनगर महानगरपालिकाको समग्र विकासलाई ध्यानमा राखी अगाडी बढ्न सुझाब दिए । स्वच्छ, सफा र पूर्वाधार युक्त महानगर सबै नगरवासीको रहर भएकाले महानगरको विकासमा ध्यान दिएर काम गरिनुपर्ने उनले बताए ।

बधाई तथा शुभकामना कार्यक्रममा न्यूरो अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्ट, अपरेशनल डाइरेक्टर राजेश भट्टराई लगायत अस्पतालका कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्