‘कबड्डी–४’ आजबाट रिलिज हुँदै, ‘केजीएफ च्याप्टर–२’ले भन्दा धेरै शो

‘कबड्डी–४’ आजबाट रिलिज हुँदै, ‘केजीएफ च्याप्टर–२’ले भन्दा धेरै शो

चलचित्र ‘कबड्डी–४’ आजबाट हलमा रिलिज हुँदै छ । देशभरका हलमा आजबाट एकसाथ चलचित्र रिलिज हुन लागेको हो ।  चलचित्र ‘कबड्डी–४’ मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाउने चलचित्र बनेको छ । यो चलचित्रले ‘केजीएफ च्याप्टर–२’ले भन्दा धेरै शो पाएको हो ।

‘केजीएफ च्याप्टर–२’ले क्यूएफएक्समा ८० शो पाएको थियो । मल्टिप्लेक्समा उच्च शो पाएको चलचित्रको टिकट बिक्री पनि आक्रामक छ ।  यो चलचित्र नेपाली भाषी बसोबास गर्ने भारतका एक दर्जनभन्दा धेरै सहरमा पनि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्