विराटनगर-१६ बाट लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर-१६ बाट लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका-७ का २३ बर्षीय दिपक चौधरी, झापा भद्रपुर नगरपालिका-८ का २१ बर्षीय पवन बासफोर र २४ बर्षीय आशिष राजबंशी रहेका छन् । बिहीबार बेलुका करिब ४ बजे लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई विराटनगर महानगरपालिका-१६ दरैया स्थितबाट लागुऔषध लुपिजेशिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाईजेल्याब १२ एम्पुल,फेनारगन १२ एम्पुल, नाईट्रोसन २० ट्याब्लेट सहित पक्राउ गरिएको हो ।

यसैविच बिहीबार बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बासफोर र राजबंशीलाई लुपिजेसिक ३५ एम्पुल, फेनारगन ३७ एम्पुल, डाईजेपाम ३५ एम्पुल, लेबल बिनाको ३ एम्पुल र लागुऔषध लोड भएको १० एम एलको सिरिन्ज थान १ सहित घरैबाट पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्