इटहरी-१२ मा मोटरसाइकल र कार ठोक्किँदा २ जना घाईते

इटहरी-१२ मा मोटरसाइकल र कार ठोक्किँदा २ जना घाईते

विराटनगर । सुनसरीको इटहरी-१२ स्थित शुभारम्भ पार्टी प्यालेस अगाडि भएको दुर्घटनामा परी २ जना घाईते भएका छन् ।

विपरीत दिशाबाट आईरहेको मोटरसाईकल र कार एकापसमा जुध्दा मोटरसाईकल चालक र मोटरसाइकलमा सवार एकजना घाईते भएका हुन् । घाईते हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी-१ बस्ने वर्ष २० का प्रविण लिम्बू र सवार बेलबारी-३ बस्ने १९ वर्षीय राजेश राई रहेका छन् । चालकको तुलनामा मोटरसाइकलमा सवार रहेका राईलाई बढी चोटपटक लागेको बताईएको छ ।

उनको शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ । उनीहरुको हाल इटहरी-१२ खनारस्थित खनार सामुदायिक स्वास्थ्य सेवा प्रा.लि मा उपचार भईरहेको छ ।

शुक्रबार दिउँसो करिब २ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २ च ३०९१ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको को २१ प ५११९ नम्बरको मोटरसाईकल एकापसमा ठोक्किँदा दुर्घटना भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार दुर्घटनामा परी कार चालक र कारमा सवारलाई भने केही भएको छैन् । कार चालक सुनसरीको दुहबी-३ बस्ने वर्ष ३९ का युवराज चौधरी हाल दुर्घटनाबाट घाईते भएकाहरुको उपचारमा संलग्न छन् । क्षतिग्रस्त कार र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्