विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ मेहेताटोल स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि स्थानीय ४० बर्षीय जिवानन्द मेहेता गम्भिर घाईते भएका थिए । घाईते मेहेतालाई उपचारको लागी जिल्ला अपताल सुनसरी लगिएकोमा अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो ।
घटना बारेमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।