कटहरीका मालदाईको हत्यामा संलग्न ३ जना पक्राउ

कटहरीका मालदाईको हत्यामा संलग्न ३ जना पक्राउ

विराटनगर । मोरङ कटहरी गाउँपालिका – २ आर्दश टोलका ५० वर्षीय ‘मालदाई’ भनिने तुलसी श्रेष्ठ हत्या आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले कटहरी गाउँपालिका १ का ३३ वर्षिय रविन भुजेल, सोही ठाउँका २९ वर्षिय कपिल माझी र २८ वर्षिय नितेश चौधरीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ परेका तीनै जना रमेश माझीको कृषि फर्ममा काम गर्ने युवाहरू हुन् ।
मालदाइ होहल्ला गर्दै कृषि फर्म तिर आएपछि हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । ‘बाँसको मुङग्रोले हानेर हत्या गरेको प्ररम्भिक चरणको अनुसन्धानबाट खुलेको छ,’ एसपी कोईरालले भने, ‘अहिले तीन जनालाई पक्राउ गरि अनुसन्धान सुरू गरिएको छ ।’

शनिबार राती मालदाइ भाइ चित्र कुमार श्रेष्ठको कृषि फर्मतिर आउँदै थिए । कृषि फर्मदेखि करिब ५० मिटर दक्षिण कटहरी गाउँपालिका २ जमटोकी टोलको थानमार्गमा मालदाइ आएपछि पक्राउ परेका तीन जनासँग भेट भएको थियो । ‘मालदाइ होहल्ला गर्दै हिडेपछि बाटोमा बसेका ती युवाहरूले ‘चुप लाग’ भनेका रहेका छन् ।

मालदाइले झन होहल्ला गरेपछि पक्राउ परेका रविनले बाँसको मुङग्रोले टाउँकोमा हान्यो । मालदाइ उछिटिएर बारीमा पुगे । छटपटि रहेको बेला हातमा बोकेका मुङग्रो र ढुङले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ,’ एसपी कोइरालाले भने, ‘यो योजनाबद्ध तरिकाले घटना भएको देखिदैन । आवेगमा आएर घटना घटेको देखिन्छ ।’

पक्राउ परेका तीनै जनालाई प्रहरीले सोमबार मोरङ अदालतमा कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान गर्ने मोरङ प्रवक्ता डिएसी दिपक श्रेष्ठले जानकारी दिए । शनिबार राती करिब साढे १० घरदेखि करिब ढेड किलोमिटर उत्तर कटहरी गाउँपालिका २ जमटोकी टोलको थानमार्गमा रहेको भाई चित्र कुमार श्रेष्ठको कृषि फर्ममा जान्छु भनेर हिडेका तुलसीको हत्या गरेर फालेको अवस्थामा आइतबार विहान शव भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्