कक्षा १२ को परीक्षा आजदेखि, केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाइने

<span class='c1'>कक्षा १२ को परीक्षा आजदेखि,</span> <span class='c2'>केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाइने</span>

कक्षा १२ को परीक्षा आज (सोमबार)देखि सञ्चालन हुँदैछ। बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार आजदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म चल्ने छ।

विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो।
तीन घण्टा सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरूपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गरेका छन्।

यसैबीच कक्षा ११ को परीक्षा पनि आजदेखि नै नै सञ्चालन हुनेछ। कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्था गरिएकोले अधिकांश विद्यालयले  परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्