बजेट : विद्युतीय गाडीमा व्यापक कर वृद्धि

<span class='c1'>बजेट : विद्युतीय गाडीमा</span> <span class='c2'>व्यापक कर वृद्धि</span>

सरकारले १०० किलोवाट माथिका विद्युतीय गाडीमा व्यापक कर वृद्धि गरेको छ। सरकारले अन्तशुल्क र भन्सार दुवैमा कर बढाएको हो।

सरकारले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जीप र भ्यानमा ३० प्रतिशत अन्तशुल्क बढाएको छ।

२०० देखी ३०० किलोवाटभन्दा बढीकोमा ४५ प्रतिशत रहेको छ। मोटरको पिकपावर ३०० किलोवाटभन्दा बढीको कार,जीप र भ्यानमा ६० प्रतिशत अन्तशुल्क रहेको छ। यसअघि अन्तशुल्कमा पूर्ण छुट दिएको थियो। त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले भन्सार महशुलमा पनि भारी वृद्धि गरेका छन्। १०० किलोवाट देखी २०० किलोवाटसम्मका ३० प्रतिशत, २०० देखी ३०० किलोवाटसम्मकामा ३० प्रतिशत र ३०० किलोवाट बढीकोमा ६० प्रतिशतले कर वृद्धि गरेको छ।

हाल विद्युतीय सवारीसाधनमा भने १०० किलोवाटसम्मका १० प्रतिशत, २०० किलोवाटसम्मका १५, ३०० किलोवाटसम्मका ३० र ३०० किलोवाट माथिका गाडीमा ४० प्रतिशत भन्सार लगाउँदै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्