लागुऔषध किनबेच गर्ने अड्डाबाट पेस्तोल र लागुऔषध सहित ३ जना पक्राउ

<span class='c1'>लागुऔषध किनबेच गर्ने अड्डाबाट पेस्तोल र</span> <span class='c2'>लागुऔषध सहित ३ जना पक्राउ</span>

विराटनगर । सुनसरीको ईटहरी उपमहानगरपालिका–४ जनता टोलबाट पेस्तोल र लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा पेस्तोल सहितका ब्यक्तिहरुले लागुऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जेठ १३ गते राती ११ बजे ईलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईटहरी उप–महानगरपालिका–४ का १९ बर्षीय धन बहादुर राई, २७ बर्षीय टिका राई र ईटहरी–५ का २८ बर्षीय धन बहादुर राई रहेका छन् । उनीहरुको साथबाट प्रहरीले लेबल नलागेको लागुऔषध २४ एम्पुल र पेस्तोल १ थान तथा सोही पेस्तोलको म्याग्जिन १ थान बरामद गरेको छ । लागुऔषध तथा पेस्तोल सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्