उदयपुरको त्रियुगा नगरपालिकामा कांग्रेस र एमाले विजयी

उदयपुरको त्रियुगा नगरपालिकामा कांग्रेस र एमाले विजयी

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बसन्त कुमार बस्नेत विजयी भएको छ ।

कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेद्वारी दिएका बसन्त कुमार बस्नेत विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउत दुई हजार ८६ मतान्तरले पराजित गरेका हुन्​ । बस्नेतले १३ हजार ९ सय ५९ मत ल्याउँदा राउतले ११ हजार ८ सय ७३ मत प्राप्त गरे । यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार निवर्तमान मेयर बलदेव चौधरीले ९ हजार १ सय ४७ मत ल्याएका छन् ।

त्यस्तै , उपमेयरमा एमालेकी महेश्वरी राई विजयी भएकी छिन् । राईले कांग्रेसकी सरिता राई १ हजार ७ सय २२ मतान्तरले पराजित गरेकी हुन् ।

उनले १३ हजार ७ सय ३ मत प्राप्त गर्दा सरिता राईले ११ हजार ९ सय ८१ मत मात्र ल्याइन् । यस्तै माओवादी केन्द्रकी गीता खड्काले खड्काले ६ हजार ५ सय ६८ मत ल्याइन् । कांग्रेस र एमालेले एक्लै प्रतिस्पर्धामा थिए माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेका थियो । जसमा कांग्रेसले मेयरमा र एमालेले उपमेयरमा बाजी मारेको हो ।

त्रियुगामा कांग्रेसले ९, एमालेले ४ र माओवादीले ३ वडाध्यक्ष जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्