संघमार्फत प्रदेश १ ले १९ अर्ब ९ करोड ९१ लाख अनुदान पाउने

संघमार्फत प्रदेश १ ले १९ अर्ब ९ करोड ९१ लाख अनुदान पाउने

विराटनगर । संघीय सरकारको बजेटमार्फत प्रदेश नंं १ लाई १९ अर्ब ९ करोड ९१ लाख प्राप्त हुने भएको छ । सरकाारको अन्तरसरकारी वित्तीय अनुदानमार्फत पूँजीगत अनुदानतर्फ प्रदेश १ ले यो रकम प्राप्त गर्ने भएको हो ।

सरकारले सातै प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ अन्तरसरकारी वित्तीय अनुदान दिने बजेट भाषणमार्फत सार्वजानिक गरेको छ । त्यसमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशले पाउने छ । आर्थिक वर्ष २०७९÷०८० का लागि सरकारले सातै प्रदेशलाई समपूरक, सशर्त, विशेष अनुदान र समपुरक अनुदान वितरण गरेको हो ।

बाग्मतीले २० अर्ब ३२ करोड ६६ लाख रुपैयाँ प्राप्त गरेको छ भने गण्डकीले १६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ पाएको छ । वाग्मतीपछि मधेश प्रदेशले १९ अर्ब १५ करोड ९ लाख तथा लुम्बिनी प्रदेशले १८ अर्ब ४७ करोड ६४ लाख, कर्णालीले १८ अर्ब ३० करोड ६१ लाख र सुदुरपश्चिम प्रदेशले १७ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ बजेट पाउने भएका छन् । सातै प्रदेशले समानीकरण अनुदान अन्तर्गत ६१ अर्ब ४३ करोड २१ लाख, सर्शत अनुदान अन्तर्गत ५७ अर्ब १६ करोड ८२ लाख, विशेष अनुदान अन्तर्गत ४ अब ५६ करोड ४३ लाख र समपुरक अनुदान अन्तर्गत ६ अर्ब २९ करोड ६० लाख रुपैयाँ पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्