ओबी समाचार प्रभाव : बिएफएम छेउको भ्वाङ परेको कल्भर्ट पुर्ननिमार्ण गरियो

<span class='c1'>ओबी समाचार प्रभाव : बिएफएम छेउको</span> <span class='c2'>भ्वाङ परेको कल्भर्ट पुर्ननिमार्ण गरियो</span>

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ स्थित बिएफएम छेउको जुनेली मार्गको कल्भर्ट पुर्ननिमार्ण गरिएको छ ।

आवर विराटनगर डटनेटको समाचार प्रभाव स्वरुप भ्वाङ परेको कल्भर्ट पुनः निमार्ण गरिएको हो । गएकोे बैशाख ७ गते ‘कल्भर्टमा मान्छे छिर्ने भ्वाङ, जनप्रतिनिधी भने चुनावमा व्यस्त’ शीर्षकमा आवर विराटनगरले भिडियो रिपोर्ट सहितको समाचार प्रकाशन तथा प्रसारण गरेको थियो । समाचार प्रसारण गरेको केहीदिनमै कल्भर्टको पुर्ननिमार्ण कार्य सुरु भएको थियो । बिएफएमदेखि केही मिटर उत्तरमा रहेको पाथिभरा जिम क्लब अगाडिको उक्त कल्भर्टको पुर्ननिमार्ण कार्य हाल सम्पन्न भईसकेको छ । समाचार प्रसारण गर्नुपूर्व करिब २ महिनादेखि उक्त कल्भर्ट क्षतिग्रस्त अवस्थामा थियो । चारचक्के सवारीसाधनको भार थेग्न नसकेर कल्भर्टमा ठूलो भ्वाङ परेको थियो ।

स्थानीयले वडाध्यक्ष र महानगरपालिकाका जनप्रतिनिधीलाई समेत कल्भर्ट पुर्ननिमार्णका निम्त्ति हारगुहार गरेका थिए । तर, कुनै सुनुवाई भएको थिएन । हाल कल्भर्ट पुर्ननिमार्ण भएपछि स्थानीयले पनि खुशी व्यक्त गरेका छन् ।

मेयरको मर्मत कोषबाट जुनेली मार्गको कल्भर्ट पुर्ननिमार्ण गरिएको वडा नं. ६ को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार करिब अढाई लाख रुपैयाँको लागतमा उक्त कल्भर्ट पुर्ननिमार्ण गरिएको हो ।

यो पनि पढ्नुहोस : विराटनगर–६ : कल्भर्टमा मान्छे छिर्ने भ्वाङ, जनप्रतिनिधी भने चुनावमा व्यस्त

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्