चिकित्सा शिक्षा अध्ययनमा नयाँ शुल्क (शुल्कसूचीसहित)

चिकित्सा शिक्षा अध्ययनमा नयाँ शुल्क (शुल्कसूचीसहित)

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ नयाँ श्ुल्क निर्धारण गरेको छ । शैक्षिक सत्र २०७८÷७९ का लागि शुल्क ३.६ प्रतिशत वृद्धि गर्दै निर्धारण गरेको हो । मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो ।

आयोगका सदस्य सचिव डा.भोजराज काफ्लेले गत सालको समग्र मूल्यवृद्धिलाई आधार मानेर शुल्क निर्धारण गरिएको जानकारी दिए ।
शैक्षिक सत्र २०७७÷७८ मा आयोगले एमबीबीएस अध्ययनका लागि उपत्यका भित्रका मेडिकल कलेजमा ४० लाख २३ हजार २ सय ५० रूपैयाँ शुल्क तोकेको थियो ।

तर चालु शैक्षिक सत्रमा ४१ लाख ६८ हजार ८७ रुपैयाँ पुगेको छ । उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीबएस अध्ययनको शुल्क ४४ लाख ३६ हजार २५ रूपैयाँबाट बढेर ४५ लाख ९५ हजार ७२१ रुपैयाँ पुगेको छ ।
त्यस्तै बीडीएसका लागि गत शैक्षिक सत्रमा २० लाख १९ हजार ५८० शुल्क तोकिएकोमा यो शैक्षिक सत्रमा बढेर २० लाख ९२ हजार २८४ पुगेको छ । बीएससी नर्सिङ कार्यक्रमको लागि गत शैक्षिक सत्रमा विद्यार्थीले १० लाख शुल्क तोकिएकामा यस वर्ष बढेर १० लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

यस्तो शुल्क निर्धारण
एमबीबीएस (उपत्यका भित्र) ४१,६८,०८७
एमबीबीएस (उपत्यका बाहिर) ४५,९५,७२१
बीडीएस २०,९२,२८४
बीएससी नर्सिङ १०,३६,०००
बीपीटी/बीएससी एमएलटी/बीएससी एमआईटी/बीएससी मेडिकल माईक्रोबायोलोजी/बायोकेमेस्ट्री ७,७७,०००
बीएएमएस ११,३१,९३३
बीएनएस एन्ड पीबीएन ५,१८,०००
बी फार्मा/बीपीएच/बीओपीटीएम/बीएएसएलएपी ७,७७,०००
एमडी/एमएस क्लिनिकल २३,८१,७६४
एमडी/एमएस बेसिक साईन्स १०,८५,८६७
एमडीएस क्लिनिकल २३,८१,७६४
एमडीएस बेसिक साईन्स १०,८५,८६७
एमडी आयुर्वेद ९,५७,६४२
एमएन/एमएससी नर्सिङ/एमपीएच ९,२०२२७
एम फार्मा ५,१९६५७
एम.एससी मेडिकल/माईक्रोबायोलोजी/बायोकेमेस्ट्री/एमएससी एमआईटी/एमएलटी ७,५७,८३४
एमएससी बेसिक साईन्स ७,५७,८३४
एम फील क्लिनिकल साईकोलोजी ३,०४,२१६
डीएम/एमएचसी २५,९०,०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्