विराटनगरबाट सुरु भयो लाईसेन्स नविकरण, साउनदेखी नयाँ सवारी चालक अनुमति पत्र जारी गर्ने तयारीमा

विराटनगरबाट सुरु भयो लाईसेन्स नविकरण, साउनदेखी नयाँ सवारी चालक अनुमति पत्र जारी गर्ने तयारीमा

-प्रेम देवान
विराटनगर । विराटनगरवासीले बर्षौदेखी लाईसेन्स नविकरणको लागी ईटहरी धाउनुपर्ने वाध्यता थियो ।

अब त्यो वाध्यता र सास्तीबाट विराटनगरवासी मुक्त हुने भएका छन् । विराटनगर-४ खार्जीमा रहेको यातायात व्यवस्था सेवा कार्यालय, बिराटनगरले शुक्रबारबाट लाईसेन्स नविकरण सुरु गरेको छ । २०७१ फागुन १४ गतेबाट संचालनमा आएको कार्यालयमा सवारी दर्ता, नामसारी, जाचपाँस, बाटो ईजाजतपत्र जारी, रुट नवीकरण, अस्थायी पटके रुट जारी, सवारी कर संकलन, ब्लु बुक नबीकरण लगायतका सेवाहरु दिदै आएको थियो ।

सो कार्यालयबाट अब सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको नविकरण शुक्रबारबाट सुरुवात भएको यातायात व्यावस्था सेवा कार्यालय, विराटनगरका प्रमुख अनमोलमणि भट्टराईले बताउनुभयो । यो सेवा पनि थपिएपछि विराटनगर आसपास क्षेत्रका सवारी चालकहरुले इटहरी स्थित कोशी अचल यातायात व्यवस्था कार्यालय जानु नपर्ने समेत बताउनुभयो । बिगतमा यातायात व्यवस्था कार्यालय, ईटहरी र झापाबाट लाईसेन्स सम्बन्धी सेवा प्रवाह हुदै आएकोमा उदयपुर, ईलाम, धनकुटा र ओखलढ्ङगाले यस अघि नै सुरु गरेको थियो ।

सवारी चालक प्रशिक्षण केन्द्र पनि छिटै नै संचालनमा आउने
यातायात व्यवस्था सेवा कार्यालय, विराटनगरले छिटै नै सवारी चालक प्रशिक्षण केन्द्र संचालनमा ल्याएर नयाँ सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको वितरणको तयारी गरेको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय मातहत रहेको यातायात व्यवस्था सेवा कार्यालय, विराटनगरले १५ दिने सुचना जारी गर्दै सवारी चालक प्रशिक्षण केन्द्रलाई आह्वान समेत गरिसकेको छ ।

नयाँ लाईसेन्स तथा वर्ग थप (एड क्याटेगेरी ) सवारी चालक अनुमतिपत्र जारी गर्नको लागी प्रयोगात्मक परीक्षा ( ट्रायल सेन्टर) स्थल सो कार्यलयको स्वामित्वमा नरहेका कारण मापदण्ड पुगेका निजि सवारी चालक प्रशिक्षण केन्द्रलाई आह्वान गरेको हाे । यातायात व्यवस्था तथा सञ्‍चार मन्त्रालय, प्रदेश नं. १ ले सुरुमा स्थानिय सरकारसँग समन्वय गरेर सरकारी जग्गा खोज्न आग्रह गरेको थियो । तर स्थानिय सरकारसँग पनि जग्गा नभएको जवाफ प्राप्त भएपछि अन्तिम खण्डमा निजि क्षेत्रलाई प्रतिस्प्रधा गरेर सवारी चालक अनुमतिपत्रको लागी प्रयोगात्मक परीक्षा संचालन गर्ने निर्देशन दियो ।

यसअघि सुनसरीको इटहरीस्थित यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यता थियो । यातायात व्यवस्था कार्यालयले आफ्नै ट्रायल सेन्टर नभएका कारण अब निजी कम्पनीसँग सम्झौता गरेर प्रयोगात्मक केन्द्रमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । खुल्ला प्रतिस्पर्धाका लागी जेठ १३ गते नै १५ दिने सुचना जारी गरिसकेको छ । साउन १ गतेबाट प्रतिकुल समय मिल्यो भने क र ख बर्गको ट्रायलसेन्टरमा पास भएकालाई नयाँ ल्याईसेन्स वितरण गरिने भट्टराईले बताउनुभयो ।

साउन १ गतेबाट संचालनमा आए मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, ट्याक्टरको लाइसेन्स वितरण हुने यातायात व्यावस्था सेवा कार्यालय विराटनगरका प्रमुख अनमोलमणी भट्टराईले बताउनुभयो ।

नयाँ सवारी चालक अनुमतिपत्रको लागी विराटनगरबाटै प्रयोगात्मक परीक्षा संञ्चालनमा आए सेवाग्राही उत्साहित समेत हुने भट्टराईको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्