कोसी अस्पताल विराटनगरमा मेरुदण्ड बाथको पहिचानका लागि परीक्षण सेवा सुरु

कोसी अस्पताल विराटनगरमा मेरुदण्ड बाथको पहिचानका लागि परीक्षण सेवा सुरु

विराटनगर । कोसी अस्पताल विराटनगरमा मेरुदण्डको बाथ ‘स्पोनडाइलो आर्थराईटिस’ रोगको प्याथोलोजी परीक्षण ल्याबको सेवा विस्तार गरिएको छ । मेरुदण्डसहित शरीरका जोर्नी र अगंमा असर गर्ने दीर्घकालीन रोगको पहिचानका लागि ल्याब सेवा विस्तार गरिएको हो ।

कोसी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलका अनुसार यो सेवा पूर्वमा कोसी अस्पतालले सुरुवात गरेको छ । मेरुदण्ड बाथ रोगको आशंका लागेमा यस अगाडी बिरामीको नमूना संकलन गरेर भारत वा काठमाण्डौंमा पठाउनु पर्ने बाध्यता थियो । ‘एन्काईलोजिङ स्पोनडाइलो आर्थराइटिस, रियाक्टिभ आर्गराईटिस, सोरियाटिक आर्थराइटिस, इन्टेरोपेथिक आर्गराईटिस र जुभेनियल स्पोनडाइलो आर्थराईटिस यो रोग अन्तर्गत पर्दछन्’ मेसु खरेलले भन्नुभयो–यसको प्रमुख समस्या भनेको एन्काईलोजिङ स्पोनडाइलो आर्थिराईटिस हुन्छ, जसको ‘एचएलए बी २७’ जीन परीक्षणको सेवा अस्पतालले सुरु गरेको छ । सेवा जेठ १९ गतेदेखि सुरु भएको हो ।

मेरुदण्ड बाथ रोग लागेका बिरामीको मेरुदण्ड, कम्मर, मेरुदण्डबीचको हड्डीमा असर गर्दछ । जसको समयमै पहिचान हुननसक्दा बिरामीको स्वास्थ्यमा गम्भीर असर पुग्ने मेसु खरेलले जानकारी दिनुभयो । कोसीले यो सेवा अहिले ३ हजार ५०० रुपिँया शुल्कमा दिन सुरु गरेको हो । यस अगाडी बिरामीको नमूना संकलन गरेर बाहिर पठाउँदा ७ हजार रुपिँया खर्च हुने गरेको थियो । अस्पतालमा कोभिड–१९ परीक्षणका लागि स्थापना गरिएको पीसीआर ल्याबमा केहि आवश्यक मेसिन थपेर सेवा विस्तार गरिएको मेसु खरेलले जानकारी दिनुभयो ।

मानिसमा एन्काईलोजिङ स्पोनडाइलो आर्थराइटिस भए ढाडको तल्लो भाग आराम गरेको समयमा लामोसमयसम्म दुख्ने र हिँडडुल गर्दा आराम भएजस्तो हुने लक्षण देखा पर्दछ । दुखाईकै कारण रातमा निन्द्रा भड्किने र बिहान हिँडडुल गर्न थालेपछि जाँगर भरिने चिकित्सकहरुको बुझाई छ । लामो समयसम्म उपचार नभएमा हड्डीमा परेको असरले ढाड कुप्रिने समस्या हुने मेसु खरेलले जानकारी दिनुभयो । लामो समय उपचार नहुँदा आँखा, मिर्गौला र मुटुमा समेत समस्या सिर्जना हुने गर्दछ । यो रोगको पहिचानका लागि रगत परीक्षणमा एचएलए बी २७ जीनको विशेष जाँच मानिन्छ । पछिल्लो समय नेपालमा बाथ रोगीहरुको संख्या ४० लाख हाराहारीमा रहेको तथ्यांक छ । समयमै उपचार नपाउँदा यहि रोगका कारण मानिसको आयु दशवर्ष कम हुने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्