बुद्धको उपदेशसँग विश्व प्रभावित : प्रदेश प्रमुख खापुङ

<span class='c1'>बुद्धको उपदेशसँग विश्व प्रभावित</span> <span class='c2'>: प्रदेश प्रमुख खापुङ</span>

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले बुद्धको उपदेश, शिक्षा र ज्ञानले विश्वलाई प्रभाव पारेको बताउनुभएको छ ।

धरान उपमहानगरपालिका वडा नं. ४ छोटी मोरङस्थीत ४० फिटको बुद्धको प्रतिमा अनावरण समारोहलाई आइतबार सम्बोधन गर्दै प्रमुख खापुङले पहिले बुद्धलाई लाइट अफ एसिया भनिँदै आएकोमा अहिले आएर लाइट अफ वल्र्ड भनेर संसारले स्विकार्न थालेको बताउनुभयो । धरान-४ को छोटी मोरङमा निर्माण भएको ४० फिटको बुद्धको प्रतिमा धरानको पर्यटन प्रवर्द्धनमा महत्वपुर्ण भूमिका खेल्ने प्रदेश प्रमुखको भनाई थियो ।

सूर्योदय बुद्ध विहारद्वारा ३५ लाख लागतमा निर्माण भएको बुद्धको प्रतिमाले यहाँको पर्यटन प्रवर्द्धनको सुरुवात भएको बताउनु हुँदै धरानको जलाधार क्षेत्रको संरक्षण हुने प्रदेश प्रमुखको भनाई थियो । विग थाउजेन्ड बुद्ध भनेर १७५ फिट अग्लो बुद्धको प्रतिमा बन्नुले धरानको पर्यटनमा महत्वपुर्ण भूमिका हुने प्रमुखको थप भनाई थियो ।

कार्यक्रममा सूर्योदय बुद्ध विहारका प्रमुख भिक्षु मेधङकर स्थविरले धरान ४ को छोटी मोरङमा विग थाउजेन्ड बुद्ध निर्माण हुँदा जलाधार क्षेत्र भनिए पनि यहाँको पानी जलाधार क्षेत्र तर्फ नबग्ने र पूर्व मोहडा भई बग्ने भएकोले यसले जलाधार क्षेत्रलाई असर नगर्ने दाबी गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व प्रदेश प्रमुख डा. गोविन्द तुम्बाङले अहिले विश्व अशान्ति भइरहेको बेलामा बुद्धको सन्देश र ज्ञानको अनुसरण गरे शान्ति कायम हुने बताउनुभएको थियो । उहाँले यस्तो महत्त्वपूणर् कार्यक्रममा धराने जनताले विश्वास गरेर अभिमत दिएका धरान उपमहानगरपालिकाका मेयर र उपमेयर कार्यक्रममा उपस्थित नभएकोमा आफूलाई दुःख लागेको पनि बताउनुभयो ।

कार्यक्रममा धरानकी समाजसेवी सरला कायस्थ, हङकङ नेपाली महासङ्घका पूर्व अध्यक्ष तथा सूर्योदय बुद्ध विहार व्यवस्थापन समितिका अध्यक्ष प्रदीप थापा मगर र नेकपा समाजवादी धनकुटाका अर्जुन राई लगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्