भन्सार छलेर सामान आयात गरेको आशंकामा विराटनगर–११ स्थित दाल गोदाममा प्रहरीको छापा

भन्सार छलेर सामान आयात गरेको आशंकामा विराटनगर–११ स्थित दाल गोदाममा प्रहरीको छापा

विराटनगर । भारतबाट अवैध रुपमा नेपाल भित्र्याएर सामान राखेको आशंकमा प्रहरीले गोदाममा छापा हानेको छ । विराटनगर–११ स्थित एक गोदाममा प्रहरीले छापा हानेको हो ।

गोदाममा दाल तथा गेडागुडी राखिएको छ । प्रहरीलाई आएको विशेष सुचनाका आधारमा अहिले गोदाम नियन्त्रणमा लिइएर कागजात अध्ययन गर्ने काम भईरहेको छ । अवैध भन्ने सुचना आएकोले कागजात अध्ययन गर्ने काम भईरहेको बताइएको छ ।

गोदाममा झण्डै दुई ट्रक दलहन सामाग्री राखिएको छ । विराटनगर महानगर वडा प्रहरी कार्यालय (क) को टोलिले दाल बारे सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्ने कागजात हेर्ने काम गरिरहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्