विराटनगरको कोभिड–१९ उपचार केन्द्रबाट निःशूल्क ओपिडी सेवा सुरु

विराटनगरको कोभिड–१९ उपचार केन्द्रबाट निःशूल्क ओपिडी सेवा सुरु

विराटनगर । विराटनगर–१० मलाया रोडस्थित कोभिड–१९ उपचार केन्द्रमा सरकारले निःशूल्क ओपिडी सेवा सञ्चालनमा ल्याएको छ ।

कोरोना संक्रमित बिरामीहरु निको भएर घर फर्किसकेपछि रिक्त संरचनालाई सदुपयोग गर्न सरकारले उपचार केन्द्रमा निःशूल्क ओपिडी सेवा सुरु गरेको हो । उपचार केन्द्रबाट हाल निःशूल्क स्वास्थ्य परीक्षण, ल्याब, एक्स–रे र औषधी वितरण लगायतका सेवाहरु प्रवाह भईरहेका छन् । यही जेठ १८ गतेदेखि निःशूल्क ओपिडी सुरु गरिएको अस्पतालका एमबीबीएस डाक्टर मिलन बस्नेतले बताए । हालसम्म अस्पतालबाट ३ सय बढीले सेवा प्राप्त गरेको उनले जानकारी दिए ।

हाल उपचार केन्द्रको दुईतले संरचना सहितको पूरानो बिल्डिङबाट अस्पतालले ओपिडी सेवा प्रवाह गरिरहेको छ । कोेभिडको पहिलो लहरमा उक्त संरचना कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिएको थियो । तर, २ महिनाअघि कोभिडका सबै बिरामीहरु निको भएर घर फर्किएपछि सरकारले जेठ १८ देखि ओपिडी सुरु गरेको हो । सेवा सञ्चालनका निम्त्ति उपचार केन्द्रमा अहिले ५ जना एमबीबीएस डाक्टर सहित ७ जना स्टाफ नर्सहरु कार्यरत छन् ।

कोभिड–१९ उपचार केन्द्रको अगाडिपट्टिको संरचना ओपिडी सञ्चालनका लागि प्रयोेगमा ल्याईएपनि पछाडिपट्टिको संरचना भने अझैपनि अक्सिजन, आईसियु र भेन्टिलेटर सहित अन्य सघन प्रकृतिका बिरामीहरुका लागि दुरुस्त अवस्थामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्