दोश्रो संस्करणको मिस्टर एण्ड मिस विराटनगरको अडिसन जेठ २८ गते

दोश्रो संस्करणको मिस्टर एण्ड मिस विराटनगरको अडिसन जेठ २८ गते

विराटनगर । दोश्रो संस्करणको मिस्टर एण्ड मिस विराटनगरको अडिसन यही जेठ २८ गते हुने भएको छ ।

श्रष्टा नेपालको आयोजनामा विराटनगरस्थित होटल श्री कृष्णमा दिनको ११ बजेदेखि मिस्टर एण्ड मिस विराटनगरको अडिसन हुने भएको हो । ३ बजेसम्म चल्ने अडिसनमा विराटनगरका करिब ५० भन्दा बढी युवायुवतीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार यसपटकको कार्यक्रम विगतको भन्दा फरक र बिशेष हुनेछ ।

अडिसन भएको १५ दिन पश्चात छनौट प्रतियोगीहरुलाई १ महिने तालिम दिईनेछ । त्यसपछि उनीहरुलाई प्रतियोगिताको फाईनल राउण्डमा प्रवेश दिईनेछ । पहिलो संस्करणको मिस्टर एण्ड मिस विराटनगरको विजेताको उपाधि भने क्रमशः क्रेमन शेर्पा र निष्ठा बस्नेतले हात पारेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्