‘ठेकीमा मदानी’ बोलको गीतको सार्वजनिक

‘ठेकीमा मदानी’ बोलको गीतको सार्वजनिक

काठमाडौं । गायक गोविन्द अर्यालको ‘ठेकीमा मदानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतको आज ‘क्लासिक फ्रेम मुभिज’को आधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । उक्त गीतको गायिका मेलिना मैनाली तथा मोडल सुधीर श्रेष्ठ र सुपा खनाल रहनुभएको छ । ‘ठेकीको मदानी’ बोलको गीतमा साजन पराजुलीले शब्द दिनुका साथै नारायण दङ्गालले सङ्गीत संयोजन गर्नुभएको छ ।

उक्त गीतको भिडियोमा सुदीप आचार्य र सुज्मा थापाको समेत अभिनय रहेको छ । सुरेश पाण्डेले कोरियोग्राफी गर्नुभएको उक्त भिडियोलाई महफुज अन्सारीले छायाङ्कन गर्नुभएको हो । सो गीतको भिडियो सुवास देवकोटाले सम्पादन गर्नुभएको हो । मोहन घिमिरे निर्माता रहनुभएको उक्त भिडियो सुधन धितालको निर्देशनमा तयार पारिएको बताइएको छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्