मोरङमा विपद् प्रतिकार्य जोखिम क्षेत्र यकिन, तटिय क्षेत्रमा सचेतना गतवर्ष कार्तिकको वर्षाले ६४ करोडका क्षति

मोरङमा विपद् प्रतिकार्य जोखिम क्षेत्र यकिन, तटिय क्षेत्रमा सचेतना गतवर्ष कार्तिकको वर्षाले ६४ करोडका क्षति

विराटनगर । सामान्य वर्षाकै कारण मोरङको केराबारी गाउँपालिका १ का सातघरमा बाढीले क्षति पुर्‍यायो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार छ घरमा आंशिक र एक घरमा पूणर् क्षति भएको छ । गतवर्ष कार्तिक १, २ र ३ गतेको वर्षापछि मोरङमा बाढी, डुबान, तथा कटानले ६४ करोड रुपिँया बराबरको क्षति पुर्‍याएको तथ्यांक जिल्लाविपद् व्यवस्थापन समितिले गृहमन्त्रालयमा सिफारिस गरेको छ । क्षति बेहोर्ने नागरिकले अहिलेसम्म राहतभने पाएका छैनन् । प्रमुखजिल्ला अधिकारी दाहालले राहतका लागि गरिएको सिफारिस अनुसारको बजेट प्राप्त भईनसकेको जानकारी दिनुभयो ।

वर्षा सुरु भएसँगै मोरङमा विपद् जोखिमबाट नागरिकलाई सुरक्षा दिनप्रति कार्यका काम समेत सुरु गरिएको छ । प्रमुख जिल्लाअधिकारी दाहालका अनुसार प्रकोप स्तरीकरणसँगै संभावित जोखिम क्षेत्रमा सचेतनाको काम स्थानीय तहबाट भईरहेको छ । मोरङ जिल्लाभर दशवटा खोलातथानदीले वर्षेनी क्षति पुर्‍याउँदै आएको छ । जिल्लाका बुढी/केशलिया, सिंघिया, लोहन्द्रा, चिसाङ, डाँस/मरिया बक्राहा, रतुवा, मावा, बक्राहा, तेली, सुकुना, कयर खोलाले वर्षेनीक्षतिगर्दै आएका छन् । मोरङमा बुढी/केसलियाले सुन्दरहरैंचा नगरपालिका, बुढीगंगा गाउँपालिका, विराटनगर क्षेत्र प्रभावितगर्दछ । यसैगरी सिंघियाले बुढीगंगा, विराटनगर, ग्रामथान, कटहरी र जहदा, लोहन्द्राले बेलबारी, सुन्दरहरैंचा, ग्रामथान, कटहरी, जहदा, रंगेली, धनपालथान, चिसाङले लेटाङ, केराबारी, बेलबारी, कानेपोखरी, र रंगेलीलाई क्षतिगर्दै आएको छ ।

डाँस/मरिया बक्राहाले लेटाङ, पथरीशश्चिरे, कानेपोखरी, रंगेली, रतुवामाई, मावाखोलाले उर्लाबारी, रतुवामाई, सुनवर्षी, बक्राहाले उर्लाबारी र रतुवामाई, तेलीले लेटाङ र उर्लाबारी, सुकुना तथा कयरले बेलबारीलाई वर्षेनी डुबान, कटानसहित बाढीको प्रकोपमा पार्दै आएको छ । जिल्लाविपद् पूर्वतपारी तथा प्रतिकार्य योजना तयार पार्ने कामका लागि जिल्लाविपद् व्यवस्थापन समितिले दोहोरिने क्षतिलाई रोक्न विशेष ध्यान दिईरहेको प्रमुखजिल्लाअधिकारी दाहालले जानकारी दिनुभयो । विपद् व्यवस्थापन समितिको बैठक बसेर प्रतिकार्यका कामका लागि विशेष योजना बनाउने, स्थानीय तह मार्फत विपद् व्यवस्थापन कोषमा बजेटको प्रवन्धमिलाउने, जनशक्ति तथा सामाग्री तयारी अवस्थामा राख्ने जस्ता निणर्य गरिएको छ ।

मोरङका दक्षिणी पालिकाका डुबान र कटानको जोखिममा र उत्तरी क्षेत्रका पालिकाहरु बाढी,कटान र पहिरोको जोखिममा रहेको यकिन गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारी दाहालले सोमबारदेखि स्थानीय तहस्तरमा प्रतिकार्य पूर्व तयारीको काम सुरु गरिने भएको छ ।
जिल्लामा विपद्को स्थिति आए नेपाली सेना, सशस्त्रप्रहरी, नेपाल प्रहरीबाट दुईहजार ५०० जनशक्ति परिचालन हुनेछन् । त्यस बाहेक स्थानीयतहमा रहेको विपद् प्रतिकार्य टिम समेत सहभागिहुनेछ । प्रमुख जिल्लाअधिकारी दाहालले जिल्लामा उद्धारका लागि तीनवटा बोट तयारी अवस्थामा राखिएको छ । बाँकी उद्धारपछि व्यवस्थापन गर्ने स्थान छनौट, व्यवस्थापनका लागि आवश्यक सामाग्री, उद्धारका लागि आवश्यक पर्ने सामाग्री र उद्धारपछि उनीहरुलाई राहत व्यवस्थापन गर्ने विषयमा समेत सम्बन्धित क्षेत्रका सरोकारवाला निकायसँग छलफल भईरहेको प्रमुख जिल्लाअधिकारी दाहालले जानकारी दिनुभयो । आवश्यक सामाग्री उपलब्ध गराउन प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत प्रदेश विपद् व्यवस्थापन केन्द्रसँग माग गरिएको उहाँले जानकारी दिनुभयो ।
गतवर्ष कार्तिकको वर्षा र त्यसले कटान गरिएको नदीतटीय क्षेत्रमा रोकथामका काम समेत भईरहेको छ । मोरङको रंगेली नगरपालिकाको १, २, ३ गतवर्ष चिसाङ्ग खोलाले गरेको कटानमा अहिले रोकथामको काम भईरहेको बताउनुभयो । अहिले स्थानीयतहमा विपद् प्रतिकार्यको योजना बनाउने निर्देशन दिइएको छ । प्रदेशको राजधानी विराटनगर समेत हरेक वर्षाको समयमा ढुबानको जोखिममा पर्दै आएको छ ।

विराटनगरमा केसलिया र सिंघिया खोलाको बाढीले बढी जोखिमनिम्त्याउँदै आएको छ । विराटनगर, १, २, ४, ५, ६, ७, ८, ११, १२, १४, १६, १८ र १९ नम्बर वडा बढी जोखिम मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्