विराटनगरमा मापदण्ड पुरा गरेपछि मात्रै माछामासु पसलको नविकरण

<span class='c1'>विराटनगरमा मापदण्ड पुरा गरेपछि</span> <span class='c2'>मात्रै माछामासु पसलको नविकरण</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले माछा तथा मासु पसलहरूको व्यवस्थापनलाई कडाइ गर्न मापदण्ड अनिवार्य पालना नगरी नविकरण नगर्ने निर्णय गरेको छ । महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको माघ ३० गतेको निर्णय अनुसार मापदण्ड पालना गरेपछि मात्रै नविकरण गर्नका लागि वडामा निर्देशनसहितको परिपत्र जारी गरिएको हो ।

विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको बैठकले शहरबाट गैरकानुनी ढक तराजु विस्थापित गर्ने र शहरका माछामासु पसललाई अनिवार्य मापदण्ड पालना गराउने निर्णय लिइएको थियो । जस अनुसार विराटनगरका माछामासु पसलले मापदण्ड पूरा गरेपछि मात्रै व्यवसाय सञ्चालन प्रमाणपत्र पाउने भएका हुन् ।

महानगरपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख शुभ नारायण यादवका अनुसार महानगर भित्र रहेका ४० प्रतिशत मासु व्यवसाय मापदण्ड पुरा नगरी संचालनमा रहेका छन् । महानगरभरी लगभग १२५ माछा–मासु पसल छन् ।
यादवका अनुसार ४० प्रतिशत व्यवसायीलाई मापदण्ड पूरा गर्न यस अगाडी निर्देशन दिइएको थियो । तर, पूरा नगर्नेहरुको नियमन गरेर मात्रै दर्ता तथा दर्ता नविकरण गर्ने तयारी गरिएको हो । सबै व्यवसायीले मापदण्ड पुरा गरेर मात्र व्यवसाय संचालन प्रमाण पत्र पाउने यादवले बताए । महानगरले सबै वडा कार्यालयहरूलाई पत्राचार गर्दै हाल सञ्चालनमा रहेका माछा–मासु पसलहरूलाई पनि तोकिएको मापदण्ड भित्र ल्याउन निर्देशन दिएको थियो ।

यसले खाद्य स्वच्छता र उपभोक्ता हितलाई प्राथमिकतामा राख्दै व्यवसायिक क्षेत्रलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । महानगरले तयार पारेको दुई पृष्ठको मापदण्डमा माछा–मासु पसल सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्डहरू समावेश गरिएको छ । महानगरपालिकाले विभिन्न समयमा अनुगमन गर्दा समेत मापदण्ड विपरीत भएको पाईएको थियो । साथै महानगरले नियमित अनुगमन गरी मापदण्ड पालना नगर्ने व्यवसायीहरूलाई कारबाही गर्ने जनाएको छ ।

यस्ता छन् मापदण्ड :
सफा र पर्याप्त हावा खेल्ने कोठा, स्थान
टाइल÷मार्बल जडित सफा भुँई,
स्टेनलेस स्टीलको काउन्टर
किटनाशक बत्ती (यूभी लाइट)
पर्याप्त पानीको व्यवस्था र ढल निकास,
फोहोर संकलन गर्ने छुट्टै बिन,
डिप फ्रिजर–रेफ्रिजरेटर,
मासु काट्ने छुट्टाछुट्टै बोर्ड
स्टेनलेस स्टीलका भाँडाकुँडा
डिजिटल तराजु
हात धुने सेनिटाइजरको व्यवस्था
सेतो एप्रोन\पन्जा प्रयोग, टाउकोमा क्याप, खोकी–हाच्छ्यूँ गर्दा मास्क प्रयोग,
नियमित स्वास्थ्य परीक्षण
भेटेरिनरी निरीक्षण प्रमाणपत्र
स्वस्थ पशुपंक्षीको मात्र प्रयोग,
उचित तापक्रममा भण्डारण
छुट्टाछुट्टै मासु राख्ने व्यवस्था
व्यवसाय दर्ता प्रमाणपत्र
खाद्य विभागको अनुमति
कर दर्ता प्रमाणपत्र
वार्षिक नवीकरण
दुर्गन्ध नियन्त्रण, कीरा–मुसा नियन्त्रण
नियमित सरसफाई
दैनिक खरिद–बिक्री रेकर्ड
तापक्रम नियन्त्रण रेकर्ड
सरसफाई चेकलिस्ट
कर्मचारी स्वास्थ्य रेकर्ड
आगो निभाउने उपकरण
प्राथमिक उपचार किट
बिजुलीको सुरक्षित जडान
आपतकालीन निकास मार्ग
मूल्य सूची अनिवार्य प्रदर्शन
बिल–रसिद प्रयोग
ग्राहक गुनासो पेटिका
व्यवसायीको सम्पर्क विवरण लगायत अन्य व्यवस्थामा नियमित तालिमको व्यवस्था,
कर्मचारी बीमा, नियमित अनुगमनको स्वीकृति,समय–समयमा गुणस्तर परीक्षण ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्