सातौं संस्करणको मिस कोशी प्रतियोगिता हुने

सातौं संस्करणको मिस कोशी प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा सातौं संस्करणको मिस कोशी २०२२ प्रतियोगिता हुने भएको छ ।

जय मिडिया म्यानेजमेन्ट प्रा.लिको आयोजनामा मिस कोशी प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरूका लागि आयोजकले आवेदन खुल्ला गरेको छ । मिस कोशीमा सहभागि हुनेहरूले अनलाइन र पूर्वी नेपालका धरान, इटहरी, इनरुवा, झापा र विराटनगर लगायतका प्रमुख शहरहरुमा तोकिएको स्थानमा पुगेर पनि आवदेन दिन सक्नेछन् ।

प्रतियोगिताको अडिसन साउनबाट सुरू हुने जनाईएको छ । अडिसनबाट छनौट भएका प्रतियोगिहरूको लागि भदौमा प्रशिक्षण सुरु हुनेछ । प्रतियोगिताको फाईनल असोजमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १६ देखि २८ वर्ष उमेर समुहका अविवाहित किशोरीहरूले भाग लिन पाउने छन् । प्रतियोगिताको विजेताले स्कुटी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन् ।

यसअघिको मिस कोशी संस्करणमा भने प्रशिका श्रेष्ठ, रेखा कार्की, ब्रेनी ताम्राकार, सुजना खड्का, निरुता नेपाल र सुसम केसी विजेता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्