पुरानो दायित्वको भारले नयाँ योजना समावेश गर्न नसकेको : मुख्यमन्त्री राई

पुरानो दायित्वको भारले नयाँ योजना समावेश गर्न नसकेको : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुरानो दायित्वको भारका कारण आगामी आर्थिक वर्षको बजेटमा नयाँ योजना समावेश गर्न नसकिएको बताउनुभएको छ ।

प्रदेश सरकार मन्त्रालयहरुसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्न र जिज्ञासाको जवाफमा आज उहाँले जनतासँग मुख्यमन्त्री कार्यक्रम पुरानै सरकारले सञ्चालन गरेको र अहिले वर्तमान सरकारले पनि निरन्तरता दिएको बताउनुभयो ।

मुख्यमन्त्री राईले सङ्घीय निजामती सेवा ऐन नआएकालो प्रदेश लोकसेवा आयोगले आफ्ना काम कारबाही आगाडि बढाउन नसकेको भन्दै प्रहरी ऐन आए पनि र प्रहरी प्रदेशमा हस्तान्तरण नभए पनि समन्वय गरेर शान्तिसुरक्षाको काम गरिरहेको बताउनुभयो ।

उहाँले सरकारी काम नबिग्रने गरी खर्च कटौती गर्ने उद्देश्यले केही कार्यालय हटाएको भन्दै बजेटमा प्रदेश संरचना निर्माण गर्न रकम विनियोजन भएको जिकिर गर्नुभयो । उहाँले वित्तीय अनुशासन कायम गरी यथार्थपरक बजेट ल्याएको चर्चा गर्दै बहुउद्देश्यका धेरै योजनाहरु आगामी आर्थिक वर्षमा सम्पत्र हुने गरी बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रालयकै सिफारिसमा योजनाहरुको आधारमा बजेट बनेको बताउनुभयो । सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीले विनियोजित बजेटबाट सम्पत्र हुने योजनाले प्रदेशको समृद्धिमा टेवा पुग्ने बताउनुभयो ।

आन्तरिक मामिला तथा योजनामन्त्री केदार कार्कीले प्रदेशको प्रत्येक जिल्लामा प्रहरी चौकी र जीर्ण प्रहरी चौकी भवन मर्मत गर्न बजेट व्यवस्था भएको जानकारी दिनुभयो ।

स्वास्थ्यमन्त्री जयराम यादवले जनताको मौलिक हकका रूपमा रहेको स्वास्थ्यलाई प्रभावकारी बनाउन बजेटले विशेष ध्यान दिएको छ भत्रुभयो ।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले प्रदेश सरकारले जनताको स्वच्छ खानेपानी र सिँचाइको विकास एवं विस्तार गर्न बजेट विनियोजन गरेको धारणा राख्नुभयो ।

पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङवा लिम्बूले भाषा आयोगले सिफारिस गरेअनुसार प्रदेशमा मैथिली र लिम्बू भाषा कामकाजी बनाउन अध्ययन भइरहेको जानकारी दिनुभयो ।

कृषिमन्त्री झलकबहादुर मगरले रासायनिक मलको प्रयोग घटाउन सरकारले प्राङ्गारिक मल उत्पादन गर्न बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो ।

वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाले बहुमूल्य जडीबुटी खेती र यसको प्रशोधन गर्न सरकारले योजना ल्याई बजेट विनियोजन गरेको स्पष्ट गर्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगीले २०६४ सालदेखि यता गुठीको जग्गा बिक्री नभएको जानकारी दिनुभयो ।

उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले आफ्नो मन्त्रालयले १४ वटै जिल्लामा समानरूपमा बजेट वितरण गर्ने जानकारी दिनुभयो ।

यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले मन्त्रालयको बजेट कम भए पनि जनताले पाउने सेवामा कमी हुन नदिने धारणा राख्नुभयो ।

विशेष समय

नेकपा (एमाले) संसदीय दलका तर्फबाट विशेष समय लिएर प्रदेशसभा सदस्य एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सरकारले विपद् व्यवस्थापनमा खासै तयारी नगरेको धारणा राख्नुभयो ।

असार १४ र १५ गते को वर्षाले सुनसरी, मोरङ र झापाका विभित्र नदीमा आएको बाढीले डुबान र कटानको विकराल समस्या देखिएको जानकारी दिँदै उहाँले मुलुकको अर्थतन्त्र कमजोर भएको समयमा पूर्वविशिष्ट पदाधिकारीहरुलाई सुविधा प्रदान गर्न सरकारले कानून बनाइरहेकामा सो कानून तुरुन्त खारेजको माग गर्नुभयो ।

शून्य समय

शून्य समयमा प्रदेशसभा सदस्य अम्बिका थापा, आशारत्न जवेगु, कुलप्रसाद साँवा, वसन्तकुमार बानियाँ, उषाकला राई, विन्दीय कार्की, राधा थापा, रामचन्द्र लिम्बू, सर्वध्वज साँवा लिम्बू, सीतादेवी थेबे र शौभाग्यवती राईले पनि प्रदेशको समस्याका बारेमा बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्