मोरङ–सुनसरी औद्योगिक करिडोरका पाँच उद्योगबाट एक हजारको रोजगारी गुम्ने

मोरङ–सुनसरी औद्योगिक करिडोरका पाँच उद्योगबाट एक हजारको रोजगारी गुम्ने

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत एमएस वायर रडमा आधारित उद्योगले मजदुर र कर्मचारी कटौतीको प्रक्रिया बढाएका छन् । बजेटका कारण एमएस वायरमा आधारित उद्योगहरु सञ्चालन समस्यामा परेको भन्दै करिडोरका पाँच उद्योगले कर्मचारी कटौतीको प्रक्रिया बढाएका हुन् ।

मोरङको बुढीगंगा गाउँपालिकामा रहेको पायनियर वायर्सले मंगलबार सूचना जारी गर्दै ८४ जना मजदुर र २८ कर्मचारीलाई साउन २० गतेदेखि बाध्यत्मक अवकास दिईने जनाएको छ । कानुनअनुसार उद्योगले कर्मचारी तथा मजदुरलाई सेवाबाट निकाल्न एक महिना अगाडी नै सूचना जारी गर्नुपर्ने हुन्छ । शारडा ग्रुप अन्तर्गत सञ्चालित पायनियर वायर्सले कानुन अनुसार प्रक्रिया अगाडी बढाएको सञ्चालक अनिल शारडाले जानकारी दिनुभयो । यो उद्योगले कामदार आपूर्तिकर्तामार्फत लगाएका ९० जना मजदुरलाई यस अगाडी नै अवकास दिइएको दावी छ ।

एमएस वायर रडलाई कच्चाको रुपमा आयात गरेर जिआई वायर, ग्याभियन बक्स, बाँटी, पिसी वायर उत्पादन गर्दै आएको उद्योग सञ्चालकले बजेट पुनरावलोकनको संभावना नदेखिएको बताउँदै समयमै सूचना जारी गरिएको दावी छ ।
सरकारले गत जेठ १५ गते ल्याएको बजेटमा फलामे कच्चा पदार्थ एमएस वायर रडको भन्सार महसुललाई ५ प्रतिशतबाट बृद्धि गरेर १० गरेको थियो । यसैगरी अन्तःशुल्कमा २ रुपिँया ५० पैसा प्रतिकिलोबाट ४.५० पैसा पु¥याएको थियो ।

उद्योगी शारडाले भारतले समेत एमएस वायर निर्यातमा १५ प्रतिशत शुल्क तोकेकोले कच्चा आयात गरेर वस्तु उत्पादन संभव नभएको दावी गर्नुभयो । कम्पनीले उद्योग परिसरमा टाँस गरेको सूचनाको बोदार्थ श्रम कार्यालय विराटनगरलाई पठाएको छ । उक्त सूचनामा बजेटका राखिएका प्रावधानले कच्चा आयात गरेर वस्तु उत्पादन गर्न नसकिने कारण खुलाइएको छ ।
श्रम ऐन २०७४ को दफा १४५ को २ अनुसार कुनैपनि उद्योगले श्रमिक वा कर्मचारी कटौती गर्नका लागि ३० दिन अगाडी सूचना जारी गरेर श्रम कार्यालयलाई जानकारी गराउनु पर्ने प्रावधान छ । श्रम ऐनको दफा १५४ को ७ अनुसार श्रमिक कटौती हुनेछ ।

करिडोरमा पायनिय जस्तै प्रकारका पाँच उद्योग सञ्चालनमा रहेका छन् । बाँकी चारवटा उद्योगले समेत मजदुर तथा कर्मचारी कटौती गर्ने प्रक्रिया सुरु गरिसकेको दावी गरेका छन् । पाँचवटा उद्योगका एक हजार मजदुर तथा कर्मचारीको रोजगारी गुम्नेछ ।
बुढीगंगा गाउँपालिकाको कमला स्टीलले २०० कर्मचारी तथा मजदुर कटौतीको प्रक्रिया समेत बढाएको दावी छ । यसैगरी अर्का उद्योगी पवन शारडाको प्रिमियर वायरका दुईसय मजदुर कटौती गरिसकिएको दावी छ । कामदार आपूर्तिकर्तामार्फत ठेक्का काम गर्दै आएका मजदुर कटौती गरिएको हो । हुलास वायरले समेत एमएस यूनिटका १५० मजदुर कटौती गर्ने तयारी गरिरहेको दावी सञ्चालक युक्ती गोल्छाले गर्नुभयो । यसैगरी महालक्ष्मी वार्यसले प्रक्रिया सुरु गरेको सञ्चालक गिरीश लुनियाले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्