मोरङको नोबेल र विराट मेडिकलमा श्रमिकहरुले निःशूल्क उपचार पाउने

मोरङको नोबेल र विराट मेडिकलमा श्रमिकहरुले निःशूल्क उपचार पाउने

विराटनगर । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले अब निःशूल्क उपचार पाउने भएका छन्् ।

कोषको परिचयपत्र देखाएर श्रमिकले मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज र बुढीगंगास्थित विराट मेडिकल कलेज सहित देशभरिका २६ अस्पतालमा निःशूल्क उपचार पाउने भएका हुन् । सोमबार संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषद्वारा स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गरेका छन्् । स्वचालित विद्युतीय प्रणाली सेवाको शुभारम्भसँगै कोषमा आबद्ध श्रमिकहरुले सातै प्रदेशका विभिन्न अस्पतालमा निःशुल्क उपचार पाउने भएका हुन् ।

निःशूल्क उपचार सेवा प्रदान गर्ने अस्पतालले श्रमिकको सम्पूर्ण जानकारी अनलाइनमार्फत लिएर कोषलाई जानकारी गराए पश्चात अस्पताललाई अनलाईनबाट नै भुक्तानी दिनेछ । अस्पतालसँग विभिन्न चरणमा छलफल गरेर अनलाइन प्रणाली शुरू गरिएकाले कार्यान्वयनमा समस्या नआउने कोषले जनाएको छ । कोषको परिचयपत्र देखाएर अनलाईन प्रणालीमार्फत प्रदेश १ का ८, मधेस प्रदेशका ५, लुम्बिनीका ३, बाग्मतीका ९ र गण्डकीको १ अस्पतालमा निःशूल्क उपचार प्राप्त गर्न सकिने जनाईएको छ ।

जसअन्तर्गत अनलाईन प्रणाली जडान भएका मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रिय सामुदायिक अस्पताल, बी एण्ड सी हस्पिटल, मेची दृष्टि आई केयर अस्पताल एण्ड रिसर्च सेन्टर, मोरङको विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, नोबेल मेडिकल कलेज, हाम्रो अस्पताल, सुनसरीको पशुपति मोडेल हस्पिटल, सप्तरीको छिन्नमस्ता एजुकेशनल एकेडेमी एण्ड मेडिकल कलेज, सर्लाहीको नमूना सामुदायिक अस्पताल, पर्साको नेशनल मेडिकल कलेज, विरगञ्ज हेल्थ केयर र विरगञ्ज दृष्टि आई केयर सेन्टरबाट सेवा प्रवाहको प्रबन्ध मिलाईएको कोषले जनाएको छ ।

कोषका अनुसार चितवनको कलेज अफ मेडिकल साईन्स (पुरानो मेडिकल कलेज), रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्स, बाँकेको लर्ड बुद्ध एजुकेसनल फाउण्डेसन (नेपालगञ्ज मेडिकल कलेज), काभ्रेपलाञ्चोकको शिर मेमोरियल अस्पताल, काठमाडौंको हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, अर्थाेपेडिक अस्पताल, दृष्टि आई केयर, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र पाटन अस्पताल ललितपुरमा समेत अनलाइन प्रणाली जडान भएकाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरुले परिचयपत्र देखाएर निःशुल्क रुपमा उपचार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्