हिमालय दर्शन कलेजमा विएचएमका विद्यार्थीको पाककला प्रदर्शनी

<span class='c1'>हिमालय दर्शन कलेजमा विएचएमका</span> <span class='c2'>विद्यार्थीको पाककला प्रदर्शनी</span>

विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्जन कलेजमा होटल म्यानेजमेन्ट अध्ययन गर्दै आएका विद्यार्थीहरूले करिकुलम अनुसार विभिन्न परिकारहरू बनाएका छन् ।


विद्यार्थीहरूले बिहीबार कलेज परिसर भित्र रहेको रेष्टुरेन्टमा विभिन्न परिकार बनाएर पाककला प्रदर्शनी गरेका थिए ।
होटल म्यानेजमेन्टको पहिलो र तेस्रो सेमिस्टरमा अध्ययरत ६० जना विद्यार्थीहरूले बनाएको विभिन्न परिकार आगन्तुक अतिथिहरूलाई खुवाएका थिए । उनीहरूले बनाएको विभिन्न ‘कन्टिनेङटल’ खानाहरू ‘फुट टेस्टीङ’ कार्यक्रम अन्र्तगत प्रर्दशन गरेका हुन् ।

विद्यार्थीहरूले सिकेको सीपलाई अहिले व्यवहारमा उतारेका हुन,’ कलेजका निर्देशक भेषराज पोखरेलले भने, ‘उनीहरूले कलेजमा सिकेको सीपलाई खानामा परिवर्तन गरेका हुन् । विद्यार्थीले बनाएको परिकार भोलीका दिन प्राक्टिल फिल्डमा जाँदा पयर्टकलाई प्रभावित बनाउन सक्नेछन् ।’

होटल म्यानेजमेन्ट भनेको खाना पकाउन सिकाउने मात्र नभएर यो प्राविधिक विषय भएको कलेज प्रमुख भरत सापकोटाले बताए । ‘पर्यटकलाई आतिथ्य सत्कार गर्ने, खुवाउने, बसोबासको बन्दोबस्त मिलाउन सिकाइने शिक्षा हो ।

पर्यटकलाई मुस्कानसहित सत्कार गरेर रमाइलो वातावरणमा बिदाई गर्नेसम्म सिकाउने शिक्षा होटल म्यानेजमेन्ट हो,’ उनले भने, ‘नपढेकाले पनि होटल चलाउन सक्छन् । तर जसले पढेर होटल क्षेत्रमा काम गर्छ उसले दिने सेवामा धेरै फरक हुन्छ । गुणस्तरीय खाना बनाउने क्षमता पनि पढेकासँग हुन्छ । त्यसैले होटल र हस्पिटालिटी क्षेत्रमा काम गर्न चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा होटल म्यानेजमेन्ट हो । यसलाई आतिथ्य सत्कार शिक्षा पनि भनिन्छ ।


ब्याचलर अफ होटल म्यानेजमेन्ट स्नातक तहको चार बर्षे कोर्स हो । कलेजमा विएचएम, विआइएम, विसिएस, वि,एस,सि सिएसआइटि कार्यक्रमहरु पढाई हुदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्