काँचुली फेर्दै ‘कोशी अस्पताल’

<span class='c1'>काँचुली फेर्दै</span> <span class='c2'>‘कोशी अस्पताल’</span>

विराटनगर । अत्याधुनिक प्रविधियुक्त भौतिक संरचना, विशिष्टीकृत उपचार पद्धति र गुणस्तरीय सेवा प्रवाह लगायतका उपाय लगाएपछि पछिल्लो समय सरकारी अस्पतालहरु पनि नीजि अस्पतालको स्तरमा उक्लिन थालेका छन् ।

सरकारी अस्पतालहरु पनि नीजिको सक्षम प्रतिस्पर्धीको रुपमा प्रस्तुत हुँदा अस्पतालप्रति आम नागरिकको विश्वसनीयता समेत बढ्दै गएको छ । गुणस्तरीय उपचार सेवाका लागि नीजि अस्पताल नै रोज्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य हुँदा यसले सरकारीको अस्पतालको गिरेको साख समेत जोगाएको छ ।

विराटनगरस्थित कोशी अस्पतालपनि प्रदेश नं. १ कै उत्कृष्ट अस्पतालको रुपमा विकास हुने क्रममा छ । भौतिक पूर्वाधार तथा स्वास्थ्य सेवाको दीर्घकालिन स्तरोन्नतिको उद्देश्यका साथ करिब साढे ४ अर्ब रुपैयाँको लागतमा कोशी अस्पतालमा हाल स्तरोन्नति र विकास निमार्णको कार्य धमाधम भईरहेको छ । पूर्वी नेपालकै सबैभन्दा पुरानो कोशी अस्पताललाई बहु–बिशिष्टीकृत अस्पतालको रुपमा विकास गर्न अहिले परिसरभित्र ६ तल्ले सर्जिकल र १० तल्ले मेडिकल ब्लक गरी दुईवटा मेडिकल ब्लक निमार्ण गर्ने योजना छ । योजना अनुसार हाल आकस्मिक कक्षको छेउमा ६ तल्ले अत्याधुनिक भवन निमार्णको कार्य द्रूत गतिमा भईरहेकोे छ । पूर्वपट्टी पनि १० तले संरचना सहित निमार्ण ५०० शैयाको अस्पताल निमार्ण गर्ने योजना छ ।

हाल ६ तले संरचना सहित निमार्ण भईरहेको सर्जिकल ब्लक निमार्णको ठेक्का रमन/भुमि/बिआईपिएल जेभीले लिएको छ । कुल ३३ करोड २२ लाख ४८ हजार रुपैयाँको लागतमा निमार्ण भईरहेको सो भवन २०८० पौष २३ गतेभित्र सक्नुुपर्ने सम्झौता छ । हाल बेसमेन्टको काम सम्पन्न भई सेरवालको काम भईरहेको अस्पतालको पूर्वाधार निमार्णको जिम्मेवारी पाएको संघीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ । इकाईका अनुसार निमार्णाधिन भवनमा आईसियु, सर्जिकल युनिट, कार्डियो, न्यूरो र नेफ्रोलोजीका विभागहरु रहनेछन् । भवनको भुँई तल्लामा ४० बेडको आकस्मिक तथा २० बेडको ग्यास्ट्रो जेनरल, पहिलो तल्लामा २० बेड आईसियु, ६ बेड एचडियु तथा ६ बेड रिकभरी, दोश्रो तल्लामा १२ बेड डायलाईसिस, २० बेड नेफ्रोलोजी तथा २० बेड अन्कोलोजी र तेश्रो तल्लामा १९ बेड कार्डियो, ६ बेड सिसियु, ३ बेड रिकभरी, २० बेड न्यूूरोलोजी तथा एउटा क्याथल्याब इकाईका इन्जिनियर अशोक रामले बताए । चौथो तल्ला भने भाबी योजनाका लागि रिक्त छोडिएको उनले जानकारी दिए ।

यस्तै, अस्पताल परिसरभित्रै ५०० शैयाको अर्को १० गते अस्पताल निमार्णको प्रक्रिया पनि अघि बढेको छ । त्यसका लागि गएको असार ७ गते ३० दिने सुचना जारी गर्दै अस्पतालले अनलाईन प्रणाली मार्फत् टेण्डर समेत आव्हान गरिसकेको छ । टेण्डर स्वीकृत भएपछि निमार्ण हुने भनिएको सो अस्पताल डबल बेसमेन्ट पार्किङको सुविधा सहित १० तले संरचनाको हुने जनाईएको छ । नयाँ बन्ने भनिएको मेडिकल भवनको लागत २ अर्ब ५८ करोड रुपैयाँ रहेको भवन निमार्णको जिम्मा पाएको संघीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ । इकाईका अनुसार निर्माण कम्पनीले सम्झौता भएको मितिबाट ३६ महिनामा भवन तयार गरिसक्नुपर्ने गुरुयोेजना छ । कुल २९ हजार ६१० स्क्वायर मिटर अर्थात् ५८ रोपनी क्षेत्रफलमा अस्पताल निमार्ण हुने योजना छ ।

कुन तल्लामा के रहन्छ ?
अहिले पुराना संरचना हटाएर नयाँ र अत्याधुनिक पूर्वाधार सहित ३५० शैयाको कोशी अस्पताललाई ५ सय शैयामा रूपान्तर गर्ने सरकारको योजना छ । सोही अनुसार हाल कोशी अस्पतालको कायापलट योेजना अघि बढाईएको छ । स्वीकृत डिपिआर अनुसार अस्पतालको भुँइ तल्लामा एक्स–रे, सिटी स्क्यान, एमआरआई, प्याथोलोजी, फार्मेसी र क्यान्टिन रहने अस्पताल निमार्णको जिम्मा पाएको संघीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ । इकाईका अनुसार अस्पतालको पहिलो तल्लामा जेनेरल पेडियाट्रिक वार्ड, दोश्रो तल्लामा अर्थोपेडिक वार्ड, तेश्रो तल्लामा साईकाइट्रिक र डर्माटोलोजी, चौथो तल्लामा बर्न एण्ड प्लास्टिक वार्र्ड, पाँचौं तल्लामा एस.आईसियु, सिआईभिएस, यूरो तथा ग्यास्ट्रो र न्युरो सर्जरी वार्ड रहने स्वीकृत योजना छ ।

यस्तै, ५०० शैयाको नयाँ बन्ने भनिएको भवनको छैठौं तल्लामा ३० वटा पोस्ट अपरेटिभ बेड, १८ वटा प्रि–अपरेटिभ बेड, ९ बेडको अपरेशन थिएटर र एनेस्थेसिया तथा माईनर ओटी रुम रहने संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर अशोक रामले बताए । उनले अस्पतालको सातौं तल्लामा सेमिनार हल विथ प्यान्ट्री, मेन्टेनेन्स रुम र इलेक्ट्रीकल तथा मेकानिकल रुम रहने जानकारी दिए । उनले भने, ‘स्वीकृत योजना अनुसार इर्मेजेन्सीका लागि अस्पतालको ३ भागबाट बाहिर निस्कने प्रबन्ध मिलाईएको छ । बिरामीहरुको सहजताका लागि ३ वटा ठुलो र ४ वटा सानो लिफ्टको व्यवस्थापनको बिषय समेत योजनामा समेटिएको छ ।’

थप सुविधा
नयाँ बन्ने भनिएको मेडिकल ब्लकमा बिशिष्टीकृत स्वास्थ्य सेवा सहित अन्य विभिन्न सुविधाहरु रहने बताईएको छ । भवनमा १० हजार लिटर क्षमताको वाटर ट्रिटमेन्ट प्लान्ट, वेष्ट म्यानेजमेन्ट सिस्टम, फायर फाईटिङ सिस्टम, सेन्ट्रल एसी, इर्मेजेन्सी ब्याकअप, सिसिटिभी क्यामेरा र सञ्चारका लागि साउण्ड सिस्टम लगायतका सुविधाहरु रहने स्वीकृत योजनामा उल्लेख छ । योजना अनुसार अस्पतालसम्मको पहुँचका लागि फुटपाथ र ड्रेन सहितको कालोपत्रे सडक पनि निर्माण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्