उपत्यकामा थप चार जनामा हैजा, बिरामी सङ्ख्या २७

<span class='c1'>उपत्यकामा थप चार जनामा</span> <span class='c2'>हैजा, बिरामी सङ्ख्या २७</span>

काठमाडौं । काठमाडौँ उपत्यकामा थप चार जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले थप चारमा हैजाका बिरामी भेटिएको बताउनुभयो ।

थप चार जनामा हैजा भेटिएसँगै अहिलेसम्म हैजा लाग्नेको सङ्ख्या २७ पुगेको छ । उहाँका अनुसार कागेश्वरी मनहरा–६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ ।

कागेश्वरी मनहराका १८ वर्षीया महिला, २४ वर्षीया महिला र १२ वर्षका बालक तथा हरिसिद्धिका ६२ वर्षीया महिला रहेका छन् । कागेश्वरी मनहराका हैजाका बिरामीलाई उपचार पछि घर फर्किसकेको र हरिसिद्धिका ६२ वर्षीया महिलाको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्