कोशी र जहदा गाउँपालिकामा पानीमा डुबी २ बालकको मृत्यु

कोशी र जहदा गाउँपालिकामा  पानीमा डुबी २ बालकको मृत्यु

विराटनगर । मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबी २ बालकको मृत्यु भएको छ ।

बिहिबार दिउँसो सुनसरीको कोशी गाउँपालिका-५ कुमियाही स्थितमा रहेको कुमियाही खोलामा नुहाउने क्रममा स्थानीय नजारुल हकको ९ बर्षीय छोरा नफाजल हक पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए ।

यसै गरी मोरङको जहदा गाउँपालिका-७ का अशोक मण्डलको ११ बर्षीय छोरा तरुण मण्डल घर नजिकै रहेको खहरे खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबी मृत अवस्थामा आफन्तले फेला परेका थिए ।

मृतक लाशलाई पोष्टमार्टमको लागि अस्पताल पठाईएको र घटना बारेमा प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्