रबिन्द्र बराल,
रंगेली । मोरङको रंगेली ३ स्थित पाठक गाउँकाे एक अपत्यारिलो झुपडीमा नरेश ऋषिदेवको जीवनकाे सङ्घर्ष र व्यथाको पीडामा अहिले बितिरहेको छ। मानिसको जीवनमा दुःख र पीडाका अनेक कथा हुन्छन्। कसैका लागि घर सुरक्षित आश्रय हुन्छ भने कसैका लागि त्यही घरको अभाव जीवनकै सबैभन्दा ठूलो पीडा बन्ने गर्छ । वि.सं. २०३८ सालमा कपिल ऋषिदेव र फुदनी ऋषिदेवका एक मात्र छोराका रूपमा जन्मिएका नरेशले १७ वर्षको उमेरमै विवाह गरेका थिए। विवाहपछि उनका दुई छोरी जन्मिए। तर केही समयपछि नरेशको मानसिक स्वास्थ्यमा समस्या देखिन थालेपछि उनको पारिवारिक जीवनमा ठुलाे संकट आउन थालेको उनको बुवा कपिल ऋिषिदेवले बताए । नरेशकाे श्रीमतीले दुवै छोरी लिएर अलग्गै बसेपछि नरेशको अवस्था झन् कठिन बनेको परिवारले बताए । छोराको उपचारका लागि बुवा कपिलले कुनैपनि कसुर बाँकी राखेनन्।

उनलेे अरूको घरमा बसेर गाई, गोरु र बाख्रा पालन गर्दै परिवार चलाउँदै आएका थिए । छाेराकाे उपचारका लागि उनलेे दुख गरेर पानलपाेषण गरेको पशुचौपायासमेत बेच्नुपरेको बताए। छोराको उपचारकै लागि लाखौँ रुपैयाँ खर्च गरेको भए पनि अपेक्षित सुधार हुन नसकेको उनको दुःखेसो पाेखेका छन । कपिलका अनुसार छोरालाई विराटनगरस्थित मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेल लाई समेत देखाएर उपचार गराइएको थियो। तर लामो समयसम्म उपचार गर्दा पनि उल्लेख्य सुधार नआएपछि परिवार अहिले पनि चिन्तित रहेको र राेग निकाे नभए पछि सानो झुपडी नै नरेशको संसार बनिरहेको छ । अहिले नरेश र उनका वृद्ध आमाबुवाले स्थानीय ज्योति ढकाल ले आफ्नो जग्गामा सानाे झुपडी बनाउन लगाएर बिगत ५ बर्ष देखि बसिरहेका छन । भने उनका छाेरा समेत साेहि नजिकैमा रहेको वरिपरि बाँसको टाटी र सबै तिर खुल्ला रुपमा रहेकाे झुपडीमा बसिरहेको कारुणिय दृश्यले सबैकाे मन साेहि तर्फ तानेको छ ।
बाँसकाे टाटी, पुराना बोरा, त्रिपाल र अन्य सामग्रीले बारिएको उक्त झुपडीको अवस्था हेर्दा त्यहाँ सुरक्षित रूपमा रात बिताउनसमेत कठिन देखिन्छ। वर्षा, गर्मी र जाडोको सामना गर्दै नरेश त्यही झुपडीमा जीवन बिताइरहेका छन्। घरको अवस्था यति नाजुक छ कि सामान्य हावाहुरी र वर्षाले समेत समस्या निम्त्याउन सक्ने देखिन्छ। एउटा सुरक्षित कोठा र ओत लाग्ने घरसमेत नपाउँदा उनको दैनिकी थप कष्टकर बनेको छ। उनका बुवाआमाले उनलाई चामल, तरकारीलगायत खाद्यान्न उपलब्ध गराउँदै आएका छन्। तर नरेशले अरूले पकाएको खाना नखाने भएकाले आफूले नै खाना पकाएर खाने गरेको बुवा कपिल बताउँछन्। आफ्नै हातले खाना पकाउनु र त्यही सानो झुपडीमा एक्लै बस्नु उनको दैनिकी बनेको छ। कपिलका अनुसार नरेश सातामा तीन दिन रंगेलीस्थित संसारीमाई मन्दिर नजिकैको चिस्याङ खोलामा नुहाउन जाने गर्छन्। त्यस्तै, प्रत्येक शनिबार र बुधबार ५० रुपैयाँ बोकेर खैनी किन्न ८ किलोमिटर टाढा पैदल उनि कर्सिया बजारसम्म पुग्ने गरेका छन्। उनको दैनिक जीवन यिनै सीमित गतिविधिमा बितिरहेको छ। छोराको भविष्य सम्झेर बुवाको मन भारी एक मात्र छोराको उपचारका लागि जीवनभरको कमाइ र सम्पत्ति खर्च गर्दा पनि छोरालाई सामान्य जीवनमा फर्काउन नसकेको पीडा कपिलको अनुहारमा देखिन्छ। कुनै समय अरूको घरमा बसेर पशुपालन गरी परिवार पाल्ने गरेका उनी अहिले छोराको अवस्था र भविष्य सम्झेर चिन्तित छन्। एकातिर छोराको मानसिक स्वास्थ्यको समस्या, अर्कोतिर बस्नका लागि सुरक्षित घरको अभाव। यी दुई समस्याबीच ऋषिदेव परिवारको जीवन गुज्रिरहेको छ। नरेशलाई मानसिक राेगकाे उपचार भएमा उनी आफ्नो बृद्ध अवस्थामा रहेका बुबा आमाकाे पालनपोषण गर्ने सक्षम हुने देखिएको छ ।
तर आर्थिक अवस्था कमजोर हुँदा परिवारले आफ्नो बलबुताले मात्रै सबै समस्या समाधान गर्न सक्ने अवस्थामा छैनन । समाजमा विकास, समृद्धि र मानवीय सेवाका कुरा भइरहँदा रंगेली नगरपालिका–३ पाठक गाउँको यो परिवार भने आधारभूत मानवीय सुविधाबाटै वञ्चितजस्तै अवस्थामा पुगेका छन । नरेशलाई दया होइन, सम्मानपूर्वक बाँच्न पाउने वातावरण, आवश्यक उपचार र सुरक्षित आवासको खाँचो छ। नरेशको जीवनमा उज्यालो कहिले फर्किएला? छोराको उपचारका लागि आफ्नो सर्वस्व खर्चिएका कपिलको बाँकी जीवनको सहारा को बन्ला भन्नेे चिन्ताले पिराेलि रहेको छ । यो एउटा परिवारको दुःखद कथा मात्रै होइन, आर्थिक अभाव र मानसिक स्वास्थ्य समस्याका कारण कठिनाइ भोगिरहेका नागरिकप्रति समाज र स्थानीय सरकार र सरोकारवाला निकायको समेत यस बिषयमा ध्यानाकर्षण गराउनु हाम्राे धर्म हाे ।
सहयोगी दाता हरुले 9842077227 मा सम्पर्क गर्नुहाेला