हिमालय दर्शन कलेजका विद्यार्थीले आईसबाट बनाए हाँस र डल्फिनको नमुना

<span class='c1'>हिमालय दर्शन कलेजका विद्यार्थीले आईसबाट</span> <span class='c2'>बनाए हाँस र डल्फिनको नमुना</span>

विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजका होटल म्यानेजमेन्ट संकायका विद्यार्थीलाई भेजिटेवल,फ्रुट र आईस कारभिङ अभ्यास गराइएको छ ।


होटलम्यानेजमेन्टको सिलेबसमा समाबेस भएका विषयसंगै त्यसबाहेक अन्य विषयमा विद्यार्थीहरुलाई भेजिटेवल र फ्रुट कारभिङ अभ्यास गराइएको थियो ।
सोमबारबाट सुरुभएको कार्यक्रम बिएचएमका विद्यार्थीहरूलाई सिलेबसमा भएको भेजिटेवल , फुड्स कार्भिङ, आईस कार्भिङ र रुमाले रोटी सम्बन्धी अभ्यास गराइएको थियो । काठमाण्डौको अन्नपूर्ण होटेलका सिफ्ट इन्चार्ज प्रसु जोशीले कलेजमा विएचएममा अध्ययनरत तेस्रो र चौथो सेमेस्टरका विद्यार्थीहरुलाई भेजिटेवल र फ्रुट र आईस कारभिङ अभ्यास गराएको थिए । विद्यार्थीहरुले विभिन्न फलफुल, तरकारी र जमेको आईसबाट विभिन्न किसिमका सजावट सामग्री तयारी पारेका थिए । आईस कार्भिङमा जमेको आईबाट हाँस र डल्फीनको आकृती बनाइएको थियो ।

सैद्धान्तिक रुपमा आफु किताबमा पढेका कुरालाई व्यावहारिक रुपमा प्रस्तुत गर्न पाउदा धेरै नै आफुमा क्षमता अभिबृद्धिका लागी उपलब्धी तेस्रो सेमेस्टारमा अध्ययनरत विद्यार्थी लुना बुढाथोकीले बताईन् । आइस कार्भिङ र रुमाले रोटी सम्बन्धी अभ्यास भने काठमाण्डौं पछि विराटनगरमा पहिलोपटक हिमालय दर्शन कलेजले गराएको कलेजका प्रिन्सीपल भरत सापकोटाले दावी गरे ।


होटल म्यानेजमेन्टका विद्यार्थीको क्षमता अभिबृद्धिका लागि सिलेबसमा नभएका विषयमा विभिन्न किसिमका अभ्यास गराइएको सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्