पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ६ सय २० जनामा कोरोना संक्रमित थपिएका छन् ।

५ हजार ८ सय ४६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २५ हजार ४ सय ३६ जनाले खोप लगाएका छन्।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ६७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्