यो वर्ष हालसम्म विपद्का विभिन्न घटनामा परी १३९ जनाको मृत्यु

<span class='c1'>यो वर्ष हालसम्म विपद्का विभिन्न</span> <span class='c2'>घटनामा परी १३९ जनाको मृत्यु</span>

यो वर्ष हालसम्म विपद्का विभिन्न घटनामा परी १३९ जनाको मृत्यु भएको छ । तीनजना बेपत्ता छन् । ३४८ जना घाइते भएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा विपद्का घटनामध्ये चट्याङबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । गएको वैशाख १ देखि यही साउन १५ गते बिहान १० बजेसम्म चट्याङ लागी ५५ जनाको मृत्यु भएको छ । १४५ जना घाइते भएका छन् । यो अवधिमा चट्याङमा १६३ घटना भएका थिए ।

यस्तै, पहिरोमा परी २१ जनाको मृत्यु भएको छ । पहिरोका ११५ घटनामा २४ जना घाइते भएका छन् । १२४ परिवार प्रभावित हुँदा पाँच करोड १५ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ ।

यो अवधिमा आगलागीका ६३९ घटना भएका थिए । ती घटनामा परी १९ जनाको मृत्यु भयो । ७७ जना घाइते भए । आगलागीबाट ७२१ परिवार प्रभावित हुँदा ६ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको जनाइएको छ ।

यो अवधिमा सर्पदंशका १६ घटनामा १२ जनाले ज्यान गुमाए । पाँचजना घाइते भए ।

यसैगरी, जनावर आतंकका ६९ घटना भए । ती घटनामा परी १२ जनाले ज्यान गुमाए । ४७ जना घाइते भए । जनावर आतंकबाट २५ लाख ५४ हजार रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ ।

यो अवधिमा हावाहुरीका कारण नौजनाको मृत्यु भयो । ३४ जना घाइते भए । दुई करोड ५४ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भयो ।

यस्तै, बाढीका २५ घटना भए । ती घटनामा परी पाँचजनाको मृत्यु भयो । ६ जना घाइते भए । दुईजना बेपत्ता छन् । ५० लाख १९ हजार रुपैयाँभन्दा बढीको धनमाल नोक्सान भयो ।

भारी वर्षाका ६५ घटना भए । ती घटनामा परी पाँचजनाले ज्यान गुमाए । सातजना घाइते भए । एक करोड ३६ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ ।

यो अवधिमा डढेलोका ५३ घटना भए । एकजनाको मृत्यु भयो । भूकम्पको एउटा घटनामा एकजना घाइते भए । डुंगा पल्टिएर एकजना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । (बारखरीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्