कृषि विकास बैंकले सार्वजनिक गर्यो चौथो त्रैमाससम्मको वित्तीय विवरण, यस्तो छ वित्तीय अवस्था

कृषि विकास बैंकले सार्वजनिक गर्यो चौथो त्रैमाससम्मको वित्तीय विवरण, यस्तो छ वित्तीय अवस्था

कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले २ अर्ब ६९ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २३।७४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९० करोड रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि १८.२५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म ५ अर्ब ३ करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा समीक्षा अवधिमा घटेर ४ अर्ब ११ करोड रुपैयाँमा सीमित बनेको छ ।

चौथो त्रैमाससम्म बैंकले ७ अर्ब ७७ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ६ अर्ब ८६ करोड रुपैयाँमा सीमित थियो । खुद ब्याज आम्दानी १३.३ प्रतिशतले बढेको छ ।

बैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ६२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

बैंकको रिजर्भको आकार १.८ प्रतिशतले घटेर ११ अर्ब २२ करोड रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष रिजर्भमा ११ अर्ब ४२ करोड रुपैयाँ थियो । बैंकको निष्क्रिय कर्जा (एनपीएल) घटेर १.६८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष एनपीएल १.८८ प्रतिशत थियो । सीडी रेसियो ८९.१७ प्रतिशत रहेको बैंकको आधार दर ८.९० प्रतिशत रहेको छ ।

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी ईपीएस २४.२८ रुपैयाँबाट घटेर १७.९३ रुपैयाँमा झरेको छ । मूल्य आम्दानी अनुपात पीई रेसियो १८.४६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २१२.२५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्