निर्वाचनको मिति घोषणापछि सत्ता गठबन्धनको बैठक पहिलो पटक आज बस्दै

<span class='c1'>निर्वाचनको मिति घोषणापछि सत्ता गठबन्धनको</span> <span class='c2'>बैठक पहिलो पटक आज बस्दै</span>

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि सत्ता गठबन्धनको बैठक पहिलो पटक बस्दै छ । आज (शुक्रबार) विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । बिहीबार सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय  गरेको थियो ।

निर्वाचनको मिति घोषणा भइ सकेकाले गठबन्धनका नेताहरु सीट बाँडफाँडको मोडालिटीबारे छलफलमा जुटेका छन् । चुनावको मिति घोषणापछि सत्ता गठबन्धनको ध्यान तालमेलमा मोडालिटीतिर केन्द्रित बनेको छ ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस प्रवेश भएको थियो । ०७४ मा  जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्यक्तित्व र सांगठनिक शक्तिलाई आधार बनाएर तालमेलको मोडालिटी बनाउनेबारे गठबन्धनमा छलफल भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्