सौराहामा सिटिजन्स बैंकका १८० शाखा प्रबन्धकहरूको भेला सम्पन्न

सौराहामा सिटिजन्स बैंकका १८० शाखा प्रबन्धकहरूको भेला सम्पन्न

चितवनको सौराहामा सिटिजन्स बैंकका १८० शाखा प्रबन्धकहरूको भेला सम्पन्न भएको छ । लिडरसिप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कनक्लेभमा प्रबन्धकहरुलाई बिभिन्न तालिम प्रदान गरिएको हो ।

उक्त कार्यक्रम बीच नै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकलाई सुशासनमा अब्बल बनाउने घोषणा गरेका हुन् ।

सोही कार्यक्रममा बैंकले थप आकर्षक मुद्धति योजना ‘सिटिजन्स चिरायु मुद्धति योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धति योजना’ खाताको शुभारम्भ गरेको छ । यी मुद्धति योजनाहरु पोखरेलले घोषणा गरेका हुन् ।

यस्तै रेमिटेन्स चिरायु मुद्धति योजनामा ग्राहकले १२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्धति खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एकमुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।

मुद्धति निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्युनतम पचास हजार मौज्दातमा खोल्न पाउनेछन् । यस मुद्धति  निक्षेप योजनाबाट बैंकका व्यक्तिगत,  एवं रेमिटेन्स ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्