हुलाकी राजमार्ग : मोरङ जिल्ला अन्तर्गतको निर्माण कार्य अलपत्र

हुलाकी राजमार्ग : मोरङ जिल्ला अन्तर्गतको निर्माण कार्य अलपत्र

विराटनगर । तराईका जिल्लाहरु जोड्ने बहुप्रतिक्षित सडकखण्डको रुपमा हेरिएको हुलाकी राजमार्ग निर्माणको कार्य अलपत्र परेको छ ।

ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण तराईका जिल्लाहरु जोड्ने लाईफलाईनका रुपमा हेरिएको हुलाकी राजमार्गको मोरङ जिल्ला अन्तर्गतको निमाणर् कार्य अलपत्र परेको हो । तराई-मधेशका २१ जिल्लाहरु जोड्ने हुलाकी राजमार्गविस्तारको कार्य वि.सं. २०६२/०६३ सालबाट सुरु भएको थियो । राजमार्गको निमाणर् कार्य केही बर्षअघिसम्म दू्रत गतिमा भईरहेको भएपनि पछिल्लो केही समययता भने ठप्प भएको छ । राजमार्ग निमाणर्को कार्यले कागजी रुपमा मात्र प्रगति हाँसिल गरेको स्थानीय बताउँछन् । ‘निमाणर्को नाममा ठाउँठाउँमा बाटो भत्काईएको छ । बाटो खनेर धुलाम्मे बनाएर छोडिएको छ । तर, सडक विस्तार र निमाणर् कार्य भने अघि बढाईएको छैन,’ मोरङको कटहरी बस्ने अजय साह भन्छन्, ‘रङ्गेली खण्डमा दु्रत गतिमा काम भईरहँदा कटहरी खण्डको पनि काम चाँडै सम्पन्न हुने बिषयमा हामी आशावादी थियौं । तर, लामो समयदेखि काम हुन सकेको छैन् ।’

मोरङमा कुल ९९.५ किलोमिटर हुलाकी राजमार्ग निमाणर् गर्नेयोजना छ । विभिन्न ७ प्याकेजमा ठेक्का सम्झौता भई विभिन्न निमाणर् कम्पनीहरुले सडक विस्तारको जिम्मा लिएका छन् । जसमा रतुवा-केशलिया सडकखण्ड अन्तर्गत रतुवादेखि झुँगी टोलसम्म १६.५ किलोमिटरमा पिएस गजुरमुखी-मोतिदान जेभी, झुँगी टोलदेखि बेतौनासम्म७.६ किलोमिटरमाकालिका मैनाचुली-वेदान्सी जेभी, बेतौनादेखि कटहरीको नयाँबजारसम्म११.९ किलोमिटरमा गजुरमुखी-मोतिदान जेभी र कटहरीदेखि विराटनगरसम्म ६ किलोमिटरमाश्रेष्ठ कन्स्ट्रक्सनले सडक विस्तारको जिम्मा पाएका छन् ।

यस्तै, गाँधी मनमोहन मार्ग अन्तर्गत मोरङको पथरीदेखि डाँस पुल हुँदै रङ्गेलीस्थित भारतको बोर्डरसम्म ३० किलोमिटरमा कान्छाराम कन्स्ट्रक्सन र विराटनगरको गणेश चोकदेखि केशलिया खोलासम्म ३.१९ किलोमिटरमा देव एण्ड सायर-भुमि जेभीले हुलाकी सडक निमाणर्को जिम्मा लिएका छन् । तर, निमाणर् सम्झौता भएकामध्ये रङ्गेली-कानेपोखरी बाहेकको खण्डमा सडक विस्तारको कार्य अलपत्र परेको छ । बनेको बाटो भत्काएर नयाँ निमाणर् नगरिदिँदा बिशेष गरी रङ्गेली-कटहरी खण्डमा दुर्घटनाको जोखिम समेत उच्च हुँदै गएको स्थानीयको गुनासो छ । स्थानीय प्रमोदकुमार साह भन्छन्, ‘दिनभरी धुलो उड्छ । श्वाँस फेर्न समेत गाह्रो छ । दुर्घटनाको जोखिम उत्तिकै छ । यो सडकको दुरावस्था हरेर विकासको अनुभुति गर्न छोडिसकेका छौं ।’

४४ किलोमिटरको रतुवा-केशलिया सडक, ३० किलोमिटरको गान्धी मनमोहन मार्ग, २२ किलोमिटरको कानेपोखरी-रङ्गेली सडक र ३.५ किलोमिटरको विराटनगर-केशलिया सडक निमाणर्को कार्य अघि बढाईएको छ । तर, निमाणर् कम्पनीको ढिलासुस्तीका कारण प्रक्रिया अघि बढाईएका अधिकांश सडकहरु अलपत्र अवस्थामा छन् । निमाणर् कार्यप्रति ठेकेदार कम्पनीहरुको असंवेदनशीलताका कारण सडक विस्तारको कार्यले गति पाउन नपाउँदा जनताको गाली आफुहरुले खानुपरेको निर्वाचित जनप्रतिनिधीहरु बताउँछन् । ‘सडक विस्तारको नाममा ठाउँठाउँमा खनेर छोडिएको छ । बनाउनु नै थिएन भने भत्काउनु किन ?,’ कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी भन्छन्, ‘बनेको बाटो भत्काएर नयाँ नबनाउँदा आवागमन प्रभावित भएको छ । गाउँपालिका आवश्यक समन्वयका लागि तयार छ । निमाणर् प्रक्रिया नरोकियोस ।’

हुलाकी राजमार्गमा ठेकेदार कम्पनीहरुले कार्ययोजना विपरित आफुखुशी काम गर्दा त्यसको प्रत्यक्ष प्रभाव आम नागरिकले व्यहोर्नुपरेको जनप्रतिनिधिको गुनासो छ । संशोधित मितीमा पनि काम सम्पन्न गर्न नसक्नु लज्जास्पद भएको उनीहरु बताउँछन् । तर,निमाणर् कम्पनीहरुले भने २०७७ सालभित्र सक्ने लक्ष्य लिइएको सडक निमाणर् मुआब्जा विवाद तथा साईट क्लियरिङका कारण केही ढिलाई भएको बताउँदै आएका छन् । यसबाहेक कोभिड महामारी र बढ्दो मुल्यवृद्धिका कारण पनिनिमाणर् कार्य प्रभावित भएको पिएस गजुरमुखी मोतिदान जेभीका प्रतिनिधी दिपक गौतम बताउँछन् । ‘कोभिड महामारीका कारण झण्डै १ वर्ष लस भयो । त्यसपछि पेट्रोलियम पदार्थ र विभिन्न निमाणर् सामाग्रीमा बढ्ेको मुल्यले पनि प्रभावित बनायो,’ उनले भने, ‘यद्यपि, हामी भदौ सुरुदेखि नै निमाणर् कार्यलाई गति दिन्छौं । संशोधित मितिमै निमाणर् कार्य सक्नेगरी अघि बढ्छौं ।’

मोरङको रतुवा-केशलिया सडकखण्ड अन्तर्गत रतुवामाईदेखि झुँगी टोलसम्मको १६.५ किलोमिटर सडकखण्डको निमाणर् सम्झौता भएको अढाई वर्ष भएको छ ।२०७६ कात्तिक २४ मा सम्झौता भएको सो सडक २०७९ कात्तिक २३ सम्म सक्नुपर्ने लक्ष्य छ । तर, हाल सो सडकको भौतिक प्रगति २० प्रतिशत मात्र छ । ७९ करोड ११ लाख ३५ हजार मा सम्झौता भएको सो सडकको प्रगति योजनाको तुलनामा एकदमै न्यून रहेको सुनसरीको इटहरीस्थित हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मोरङ जिल्ला अन्तर्गतका अन्य हुलाकी सडकहरुको अवस्था पनि यस्तै छ ।

कार्यालयका अनुसार पि.एस/गजुरमुखी/मोतिदान जेभीले ठेक्का लिएको सो सडकमा पछिल्लो अढाई वर्षमा टेवापर्खाल तथा कल्भर्ट निमाणर् र आंशिक रुपमा माटो पुर्ने कार्य मात्र भएको छ । निमाणर् कम्पनीलाई बारम्बार स्पष्टिकरण सोधिएको भएपनि निमाणर् कार्यले दु्रत गति समात्न नसकेको कार्यालयका योजना प्रमुख इन्जिनियर विजय कुमार थापाले बताए । उनले यो समस्या रतुवा केशलिया सडकखण्ड अन्तर्गतको बेतौनादेखि कटहरीको नयाँ बजारसम्मको ११.९ किलोमिटर सडकखण्डमा पनि रहेको जानकारी दिए ।

‘०७६ कात्तिक २४ मा सम्झौता भएको सो बेतौनादेखि कटहरीसम्मको सडकको भौतिक प्रगति पनि २० प्रतिशतमा सिमित छ । यो वर्ष सक्नुपर्ने योजनामा हाल सडक संरचना र केही चेनेज निमाणर् कार्यको कार्य मात्र भएको छ,’ उनले भने, ‘करिब ७८ करोडको लागतमा निमाणर् सम्झौता भएको कम्पनीलाई १४ करोड बढी भुक्तानी समेत भईसकेको छ । तर, प्रगति भने निराशाजनक छ ।’

मोरङमा निमाणर् कार्य जारी रतुवा केशलिया सडकखण्ड अन्तर्गत झुँगी टोलदेखि बेतौनासम्मको ७.६ किलोमिटर सडकखण्डको भौतिक प्रगति मात्र आशलाग्दो देखिएको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सो खण्डको ७.५ किलोमिटर सडक कालोपत्रे भईसकेको छ । सडकमा आवश्यक संरचना निमाणर्को कार्य समेत सम्पन्न भईसकेको जनाईएको छ ।

यसबाहेक रतुवा केशलिया सडकखण्ड अन्तर्गत नै कटहरीदेखि विराटनगरसम्मको ६ किलोमिटरको १५ प्रतिशत, गान्धी मनमोहन मार्ग अन्तर्गत पथरीदेखि डाँस पुल र डाँसपुलदेखि रङ्गेलीसम्मको ३० किलोमिटरको ३० प्रतिशत तथा विराटनगरको गणेशचोकदेखि केशलिया खोलासम्मको ३.१९ किलोमिटर सडकको भौतिक प्रगति ५ प्रतिशत देखिएको कार्यालयले दिएको तथ्याङ्कले देखाएको छ ।

नेपालमा भने आर्थिक वर्ष २०६२/६३ सालबाट हुलाकी राजमार्ग विस्तारको कार्य सुरु भएको हो । नेपालको पूर्व-पश्चिम हुँदै तराईका बस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्यसहित राजमार्ग विस्तारको कार्य थालिएको थियो । राजमार्गले पूर्वमा झापाको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्मको भू-भागलाई समेटने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्