अब प्रदेशबाटै स्मार्ट लाइसेन्स छपाइ गर्ने तयारी

अब प्रदेशबाटै स्मार्ट लाइसेन्स छपाइ गर्ने तयारी

काठमाडौं । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातै प्रदेशका यातायात मन्त्रीको ‘अन्तरतह समन्वय बैठक’ले स्मार्ट लाइसेन्स छपाइका लागि संघ सरकारले यन्त्र उपलब्ध गराउने र विभिन्न प्रदेशमा छपाइ गर्ने निर्णय गरेको छ । अहिले यातायात व्यवस्था विभागले मात्रै लाइसेन्स छपाइ गर्दै आएको छ । सुदूरपश्चिम र कर्णालीमा एक, गण्डकी र लुम्बिनीमा दुई र प्रदेश १ र मधेस प्रदेशलगायत प्रदेशमा एक-एक स्थानमा स्मार्ट लाइसेन्स छपाइ तयारी गरिएको हो ।

संघ तथा सातै प्रदेशका मन्त्री ट्रायल पास भएकै दिन ‘परीक्षणकालीन लाइसेन्स’ जारी गर्न पनि सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘स्मार्ट ड्राइभिङ लाइसेन्स सक्कली वा नक्कली लाइसेन्स रिडिङ’ गर्ने यन्त्र प्रत्येक ट्राफिक प्रहरीका हातमा उपलब्ध गराउने र जरिमाना अनलाइनबाटै तिर्न मिल्ने व्यवस्थापनमा पनि जुटेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्