सानिमा बैंकले बिना धितो १० लाख ऋण दिने, कर्जा सुरक्षण कोषसँग सम्झौता

सानिमा बैंकले बिना धितो १० लाख ऋण दिने, कर्जा सुरक्षण कोषसँग सम्झौता

सानिमा बैंक लिमिटेडले लघु वित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिना धितो सामूहिक जमानीमा प्रतिव्यक्ति १० लाख रुपैयाँ ऋण दिने भएको छ । उक्त ऋण प्रवाह गर्न बैंकले बुधबार निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे र कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार सानिमा बैंकले विपन्न वर्ग कर्जाअन्तर्गत बिना धितोसहित शैक्षिक प्रमाणपत्र धितो जमानीमा प्रतिव्यक्ति सात लाखसम्म ऋण प्रवाह गर्ने छ ।

त्यसैगरी धितो जमानीमा प्रतिव्यक्ति २० लाखसम्म, वैदेशिक रोजगारबाट सिपमूलक तालिम लिई फर्किएका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत प्रतिव्यक्ति १० लाखसम्म र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघुवित्त उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्