किन मनाईदै छ रक्षाबन्धन एवम् जनैपूर्णिमा

<span class='c1'>किन मनाईदै छ</span> <span class='c2'>रक्षाबन्धन एवम् जनैपूर्णिमा</span>

चन्द्र पौडेल
समथर फाटका गह्राहरुदेखि गौरिखेतसम्मको रोपाई सकिसक्यो होला, शुरु-शुरुमा रोपेका धानहरुलाई त अब गोडने बेला नै भईसक्यो । भदौरे धानकावालाहरु फुट्न पनि थालिसके र अब यो रोपाई पछिको आनन्न समयमा थप आन्नदमय बनाउन लस्कर लागेर चाडपर्वहरु आगनमन हुन थालि सकेको छन् । यी चाडवाडहरुले जीवनमा एउटा बेग्लै रङ्ग थपिदिने गर्दछ ।

सद्धभावको पर्व खुसीयालीको चाड विशेष गरि विभिन्न रङ्गीन राखी अर्थात रक्षाबन्धनहरुले लसाना ठुला सबै पसलहरु देखि लिएर चोक चोकमा स्टल बनाएर रङ्गीचङ्गी डोराहरुले झिलिमिलि देखिएका छन् । आजकै दिन दिदिबहिनी हुनुहुनेहरुले आफ्ना दाजुभाईहरुका लागि सत्ययुगमा दानवद्धारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानव राजबली बाधिए, त्यसैले म तिमिलाई बाध्छु, यसले तिमी सुरक्षित बन तथा विचलितन होऊ भनी डोरो अर्थात रक्षा बन्धन बाधेर जोगाएका थिए भन्ने यहि पौराणिक मान्यताका आधारमा चलेको रक्षा बन्धनको परम्परालाई आफ्ना दिदिबहिनीहरुले डोरो बाधिदिएर मनाउने प्रचलन छ ।

नयाँ जनै फेर्ने दिन

हरेक चाडपर्वको आफ्नै महत्वर सन्दर्भ हुन्छ । जस्तै कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड हुन्छ र आज जनैपूर्णिमा अर्थात धोगो बन्धनको चाड हो । आजकै दिन ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित्र अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपुर्वक व्रतबन्धनकर्म सम्पन्न गरी गुरु-पुरोहितद्धारा अरुले नसुन्ने गरि कानमा गायत्रीमन्त्रको उचरण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्पलिएर देब्रे का“धमाथिपर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै अर्थात ६ वटा काँचो धागो(६ सूते धागो) लाई दुई बेग्ला बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई विशेष गरि वार्षिक रुपमा आजकै दिन परिवर्तन गर्ने प्रचलन पनि चलिआएको छ ।

“जुन रक्षा(काँचो धागो) ले दानवहरुको महान राजावलिलाई बाँधिएको थियो, म तिमिलाई त्यही धागो,डोरो अर्थात रक्षाबन्धन बाँध्दछु, यो रक्षाबन्धनले सदैव तिम्रो रक्षा गर्ने छ ।”
रक्षाबन्धनमा बाँधिएको धागोलाई निकाले गाई तिहारका दिन गाईको पुच्छरमा वामालाउनेर लगाईदिने चलन छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्तहुने विश्वास रहि आएको छ । कतिपयले त आफै गूरु पुरोहितकहाँ गई या मठ मन्दिरमा गएर जनै फेर्ने वा डोरो बाँध्ने गर्दछन् ।

क्वाँटी तथा भ्यागुताको पूजा

आजकै दिन एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइने चलन पनि छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफाहुने र वर्षायामभरि खेतिपातीको काम गर्दा शरीरमा लागेको चिसो निकालीभित्रदेखिनै तापको सञ्चार गर्छ भन्ने मान्यता छ । यसै नि नेवारी समुदायकामानिसहरुले धुमधमका साथभ्यागुताको पूजा गर्ने गर्छन् । भ्यागुतालाई पानीको प्रतिकका रुपमालिइने भएकाले यसको रक्षा गर्न जनैपूर्णिमाका दिनविशेष पूजा गरिदै आएको हो । ताल,पोखरी,कुवातथापानीको बचाउ गर्छ भन्ने विश्वासका साथ यस दिन क्वाँटी दिएर पूजागरिने मान्यता रहिआएको छ ।
हामी हरेकजसो पर्वलाई विजयोत्सवको रुपमा पनि मनाउने गछौं । रक्षाबन्धन पनि मर्यादा र आत्मा निग्रहद्धारा मृत्यु माथिविजय प्राप्त गर्ने रुपमा मनाई रहेका छौं । सूत्र आत्माको मर्यादा र संयमको प्रतिकहो । सूत्र कुनै पनि वस्तुलाई अविछिन्न गर्ने वस्तु हो । रक्षाबन्धनको अर्थ अविचलित भएर पवित्रताको पालना गर्नु पनि हो । भनिन्छ, पवित्रताद्धारा नै मृत्यु माथिविजयी प्राप्त गर्न सकिन्छ । देश तथा प्रदेशका छरिएर रहनुभएका सम्पुर्ण दिदिबहिनी तथा दाजुभाईहरुमा एकमुष्ट शुभकामना रक्षाबन्धन तथा जनैपूर्णिमाको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्